दोलखा/दोलखामा शनिवार (आज) थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै जिल्लामा संक्रमितको संख्या एक सय ३७ पुगेको छ ।
धुलिखेल अस्पतालको सञ्चालनमा रहेको दोलखाको गौरीशङ्कर अस्पतालमा व्यक्तिगत शुल्क तिरेर स्वाव दिएका २७ जना मध्य १० जनाको रिर्पोट पोजेटिभ आएको अस्पतालले जनाएको छ ।
कार्तिक १३ गते माथिल्लो तामाकोसी जल विद्युत आयोजनाका २५ जना र अन्य दुई जना गरी २७ जनाले पिसिआर परिक्षणको लागि स्वाव दिएकोमा एक महिला सहित १० जनाको रिर्पोट पोजेटिभ आएको अस्पतालले जनाएको छ ।
माथिल्लो तामाकोसी जल विद्युत आयोजनाका २५ जनामा ९ जनाको रिर्पोट पोजेटिभ आएको र अन्य दुई जना मध्य एक जना महिलाको रिर्पोट पोजेटिभ आएको जनाईएको छ । दशै मनाएर काममा फर्कन थालेका ९ जनामा कोरोना संक्रमण देखिएको माथिल्लो तामाकोसी जल विद्युत आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले बताए ।
दोलखा जिल्लामा दशैको अवधिमामात्र ४८ जना कोरोना संक्रमित थपिएका छन् । जिल्लामा अहिलेसम्म एक सय ३७ जनामा कोरोना पोजेटिभ देखिएको र अहिले पनि ७८ जना संक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।
सचेतनाको अभाव
जिल्लामा दैनिक कोरोना संक्रमित थपिए पनि स्थानिय प्रसाशन र नागरिक स्वयम समेत सचेत नभएको सरोकारवालाहरुको आरोप छ । दोलखाको स्थानिय तहहरुले शङ्कास्पद र कन्ट्रायाक ट्रेसिङको आधारमा स्वाव सङ्कलन गरी परिक्षणको लागि धुलिखेल स्थित प्रदेश प्रयोगशालामा पठाए पनि प्रयोगशालाले अनावसेक स्वाव पठाएको भनि रिर्पोट दिन आनाकानि गरेको र स्वाव नपठाउन भनेको दोलखाका पालिकाहरुले गुनासो गरेका छन् ।
दोस्रो टेष्ट नभए धर्ना दिने
कोरोना संक्रमितहरुको निश्चित दिन पछि हुनुपर्ने दोस्रो स्वाव टेष्ट आवश्यक नभएको भन्दै स्वास्थ्य कार्यालय दोलखाले स्वाव परिक्षण गर्न अस्वीकार गरेपछि संक्रमितहरुले आन्दोलनको चेतावनी दिएका छन् । दोस्रो टेष्टको लागि स्वाव सङ्कलन नगरिए जिल्ला प्रसाशन कार्यालयमा धर्ना दिने र संक्रमण ठिक भएको स्वघोषणा गर्ने उनीहरुको चेतावनी छ ।
स्थानिय पालिकाहरुको सहयोगमा कोभिड कोषको रकम समेत उपयोग गरेर कन्ट्राया ट्रेसिङ तथा संक्रमितको दोस्रो परिक्षणको लागि स्वाव परिक्षणलाई निरन्तरता दिईने प्रमुख जिल्ला अधिकारी रमेश शिवाकोटीले जानकारी दिनु भयो ।
प्रतिक्रिया दिनुहोस्