दोलखा/जिल्लाको उत्तरी केन्द्र सिंगटी बजारमा नमुना कोसेली घर स्थापना गरिएको छ । विगु गाँउपालिका र गौरीशङ्कर संरक्षण क्षेत्रको संयुक्त लगानिमा नमुना कोसेली घरको स्थापना गरिएको हो ।
विगु गाँउपालिकाको १० लाख तथा गौरीशङ्कर संरक्षण क्षेत्रको तीन लाख गरी १३ लाख रुपेयाको लागतमा निर्माण भएको नमुना कोसेली घरमा गौरीशङ्कर संरक्षण क्षेत्रभित्र उतपादन भएका स्थानिय तथा अग्र्यानिक उत्पादनलाई कोसेली घरमा राखेर बिक्रि वितरण गरिने संरक्षण क्षेत्रका प्रमुख सत्यनारायण शाहले बताउनु भयो ।
नमुना कोसेली घरको उद्घाटन विगु गाँउपालिकाका प्रमुख युधिष्ठीर खड्काले गर्नु भएको थियो । कार्यक्रममा विगु गाँउपालिकाका उपप्रमुख सञ्जिव ओली, गौरीशङ्कर संरक्षण क्षेत्रका प्रमुख सत्यनारायण शाह, विगु गाँउपालिका वडा नम्बर ४ का वडा अध्यक्ष बुक्तम तमाङ, वडा नम्बर ५ का अध्यक्ष मधुकर गुरुङ, संरक्षण वन उपभोक्ता सञ्जाल दोलखाका अध्यक्ष रामचन्द्र खड्का, उद्योग बाणिज्य संघ सिंगटी शाखाका अध्यक्ष महेश श्रेष्ठ, संरक्षण क्षेत्र व्यवस्थापन समिति लादुक र चिलंखाका अध्यक्ष, सचिव तथा कोसेली घर सञ्चालक समितिका पदाधिकारी र स्थानियको सहभागिता रहेको थियो ।
यसै बीच गौरीशङ्कर संरक्षण क्षेत्रमा बन्यजन्तुबाट हुने वालिनाली क्षति रोकथामको लागि विगु गाँउपालिका वडा नम्बर ३ मा राखिएको हेरालु चार जनालाई संरक्षण वन उपभोक्ता सञ्जालले प्रोतसाहन स्वरुप २० हजार रुपैया प्रदान गरेको छ । वन हेरालुको व्यवस्था पछि उक्त क्षत्रमा वालिनालीको क्षतिमा कमि आएको संरक्षण वन उपभोक्ता सञ्जाल दोलखाका अध्यक्ष रामचन्द्र खड्काले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्