बागमतीमुख्य समाचारसमाचारस्वास्थ्य

कोरोना संक्रमणबाट दोलखामा पहिलो पटक एक जनाको मृत्यु

दोलखा/कोरोना संक्रमणका कारण दोलाखमा पहिलो पटक एक जना महिलाको मृत्यु भएको छ । सदरमुकाम चरिकोटमा विहिवार विहान करिब ३ बजे तिर मृत्यु भएको ८१ बर्षिय एक महिलामा कोरोना पोजेटिभ देखिएको अस्पताल स्रोतले जनाएको छ ।
दोलखाको बैतेश्वर गाँउपालिका वडा नम्बर ७ घर भएको ती महिलालाई बुधवार राति उपचारको लागि प्राथामीक स्वास्थ्य केन्द्र चरिकोटमा ल्याईएको थियो । निमोनिया र श्वास प्रश्वासमा समस्या भएको ती महिलामा कोरोनाको समेत लक्ष्यण देखिएपछि बुधवार रातिनै स्वाव सङ्कलन गरी परिक्षणको लागि धुलिखेल पठाईएकोमा विहिवार उनको रिर्पोट पोजेटिभ आएको अस्पताल स्रोतले जनाएको छ ।
मृतक महिला १५ दिन अघिमात्र भारतबाट आएको आफन्तले जनाएका छन् । महिलामा कोरोना संक्रमणको लक्ष्यण देखिएकोले अस्पतालमा एक्लै राखेर उपचार गरिएको जनाईएको छ । मृतकमा कोरोना संक्रमण पुष्टि भएकोले अस्पतालमा मृतकलाई राखेर उपचार गरिएको एउटा कोठा सिल गर्ने तयारी भएको अस्पताल स्रोतले जनाएको छ ।
मृतकको आफन्तलाई मृतकमा कोरोना पोजेटिभ देखिएको बारे जानकारी गराईएको र आईसोलेट हुन भनिएको स्थानिय प्रशासनले जनाएको छ । मृतकको आफन्त चरिकोट बजारमा धेरैठाँउ घुमेकोले बजारमा समेत सर्तकता अपनाउनु पर्ने देखिएको छ ।
मृतकको शवलाई शुक्रवार नेपाली सेनाको टोलिले अन्तिम संस्कार गर्ने तयारी गरेको बुझिएको छ ।

सम्बन्धित समाचार