बागमतीमुख्य समाचारस्वास्थ्य

न्याय हेल्थ जानेभएपछि प्रस्तावित चरिकोट अस्पताल सङ्कटमा

दोलखा/पाँच बर्षको अवधिमा प्राथामीक स्वास्थ्य केन्द्र चरिकोट (प्रस्तावित चरिकोट अस्पताल) मार्फत दोलखाको सहरी तथा ग्रामीक क्षेत्रका थुप्रै विरामीलाई निशुल्क रुपमा उत्कृष्ठ स्वास्थ्य सेवा दिएको न्याय हेल्थ नेपाल अबको एक महिनामा औपचारिक रुपमा विदा हुदैछ ।
कोरोना भाईरस (कोभिड १९) का कारण न्याय हेल्थ नेपाललाई सहयोग गर्ने अमेरिकन संस्था पोसिबल हेल्थ लगायत बिभिन्न संस्थाहरुको वित्तिय अवस्था कम्जोर भएपछि निशुल्क रुपमा अस्पताल सञ्चालन गर्न समस्या भएको न्याय हेल्थ नेपालले जनाएको छ । संघ, प्रदेश या स्थानिय सरकारले अस्पताल सञ्चालनको लागि बार्षिक २ करोड सहयोग गर्ने हो भने न्याय हेल्थ नेपालले जनशक्ति र प्रविधि व्यवस्थापनमा अझै पनि सहयोग गर्न सक्ने न्याय हेल्थ नेपालको स्वास्थ्य सेवा निर्देशक डाक्टर विनोद दंगाल बताउनु हुन्छ ।
प्रस्तावित चरिकोट अस्पताललाई बागमति प्रदेश सरकारले प्रदेश अस्पताल बनाउने औपचारीक घोषणा गरेको भएपनि सो अनुसारको जनशक्ति र आर्थिक ब्यवस्थापनको काम नहुदा न्याय हेल्थ नेपाल बाहिरीने भएपछि अस्पताल सङ्कटमा परेको छ । अस्पताललाई पहिलेकै जस्तो गुणस्तरीय सेवा दिनसक्ने बनाउन कि प्रदेश सरकारले प्रदेश अस्पतालको लागि आवश्यक सबै सेवा सुविधा उपलब्ध गराउनु पर्ने कि न्याय हेल्थलाई केहि समय आर्थिक सहयोग गर्नु पर्ने स्थानिय बताउछन् ।
नेपाल सरकारसंग अस्पताल सञ्चालन सम्बन्धि १० बर्षिय सम्झौता गर्दा भौतिक संरचना निर्माण, औषधि खरीद लगायतका कुरामा सरकारले सहयोग गर्ने सहमति बनेको भएपनि पाँच बर्षको अवधिमा न्याय हेल्थ नेपालले अस्पतालको विद्युत महसुल देखि मर्मत सम्भारको काम समेत हेर्नु पर्ने भएकोले पाँच बर्षमै न्याय हेल्थ नेपालको वित्तिय अवस्था कम्जोर बनेको र कोरोना संकटका कारण सहयोगी संस्थाको समेत वित्तिय अवस्था कम्जोर देखिए पछि अस्पताल सञ्चालनमा समस्या भएको न्याय हेल्थ नेपालको स्वास्थ्य सेवा निर्देशक डाक्टर दंगालले बताउनु भयो ।
११ बर्ष पहिले अछामको बयलपाटामा अस्पताल सञ्चालन गरेको पोसिबल हेल्थले २०७२ सालको भुकम्प पछि २०७२ माघ ५ गतेबाट प्रस्तावित चरिकोट अस्पताल सञ्चालनको लागि न्याय हेल्थ नेपाल मार्फत सहयोग गर्दै आएको थियो । पाँच बर्षको अवधिमा न्याय हेल्थ नेपालले दोलखा जिल्लामा ७८ करोड लगानि गरिसकेको स्वास्थ्य सेवा निर्देशक डाक्टर विनोद दंगालले बताउनु भयो । उक्त रकममा जिल्लाको बिभिन्न पालिकामा रहेको १९ वटा स्वास्थ्य चौकीहरु पुर्ननिर्माण गरी स्थानिय सरकारलाई हस्तान्तरण गरेको न्याय हेल्थ नेपालले जनाएको छ ।
न्याय हेल्थ नेपालले प्रस्तावित चरिकोट अस्पताल सञ्चालन गरेको पाँच बर्षको अवधिमा दुई लाख ८० हजारको ओपिडि परिक्षण, तीन हजार नौ सय डेलिभरी, २१ सयको मेजर सल्यक्रिया, ५५ हजारलाई सामुदायीक सेवा, पाँच सय चार जनाको सि शेक्सन सल्यक्रिया, २८ हजार आठ सय ९० को डिजिटल एक्स रे, १२ हजार तीन सय ४० जनाको अल्ट्रासाउण्ड र दुई लाख पाँच हजार आठ सय ९० जनाको प्रयोगशाला परिक्षण भएको न्याय हेल्थ नेपालका स्वास्थ्य सेवा निर्देशक डाक्टर दंगाल बताउनु हुन्छ । पाँच बर्षको अवधिमा तीन लाख ३५ हजारले प्रत्यक्ष स्वास्थ्य सेवा प्राप्त गरेको न्याय हेल्थ नेपालले जनाएको छ ।
प्रस्तावित चरिकोट अस्पतालले अहिले २४ सै घण्टा आकस्मिक सेवा, ओपिडी, आईपिडी, फार्मेसी, रेडियोलोजिष्ट, प्रयोगशाला, सल्य चिकित्सा, दन्त सेवा, मनोसामाजिक परामर्श, हाडर्जोनि, सुरक्षित मातृत्व, फिजियो थेरापी लगायतका सेवाहरु प्रदान गर्दै आईरहेको जनाईएको छ ।
प्रस्तावित चरिकोट अस्पताललाई प्रदेश सरकारले प्रादेशीक अस्पताल बनाउने घोषणा गरिसकेकोले सोहि अनुसार व्यवसथापन गरिनु पर्ने डाक्टर दंगाल बताउनु हुन्छ । न्याय हेल्थ नेपाललाई विदेशी सहयोग नहुदासम्म अस्पताल सञ्चालनको लागि सरकारको सहयोग हुने अवस्था भए प्रदेश सरकारसंग नयाँ सम्झौता गरेर अगाडि बढ्न सकिने डाक्टर दंगालको भनाई छ । अन्यथा कार्तिक १५ गते देखि समुदायमा कार्यरत ४९ जना र अस्पतालमा कार्यरत ५० जना गरी न्याय हेल्थ नेपाल अन्र्तगतका ९९ सय जना स्वास्थ्य कर्मचारी विदा हुने न्याय हेल्थ नेपालले जनाएको छ ।
अस्पतालको सञ्चालन जिम्मेवारीबाट न्याय हेल्थ नेपाल बाहिरीने बेला अस्पतालमा रहेको पाँच करोड बराबरको औषधि उपकरण लगायतको सामग्री हस्तान्तरण गर्ने पनि न्याय हेल्थ नेपालको स्वास्थ्य सेवा निर्देशक डाक्टर विनोद दंगालले बताउनु भयो ।

सम्बन्धित समाचार