दोलखा/दोलखाको सिंगटीमा रहेको ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सुनजित तमाङ बागमति प्रदेश प्रहरी कार्यालयले घोषणा गर्ने महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी बनेका छन् ।
महिनाको उत्कृष्ट प्रहरी छनौट कार्यविधि २०७७ को खण्ड तीन को ७ क अनुसार प्रहरी बरिष्ठ उपरीक्षक सुदिप गिरीको अध्यक्षतामा गठित छनौट समितिले भदौ महिनाको लागि तमाङलाई बागमति प्रदेशको महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गरेको हो ।
महानगरीय प्रहरी पहरा गण मुख्य कार्यालय सामाखुशी काठमाडौँमा दरबन्दि भै इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक सुनजित तमाङले गैर कानुनि कार्यमा संलग्न तथा फरार प्रतिवादीहरुलाई पक्राउ गरी कानुनि दायरामा ल्याएको, आफ्नो इलाकामा अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न महत्वूर्ण भूमिका खेलेको, कोरोना भाईरस (कोभिड १९) विरुद्ध जनचेतना मूलक अभियान सञ्चालन गरेको लगायतका कारण उनलाई भदौ महिनाको लागि बागमति प्रदेशको महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गरिएको बागमति प्रदेश प्रहरी कार्यालय हेटौडाका सूचना समन्वय अधिकृत प्रहरी निरीक्षक रोशन थापाले बताए ।
बागमति प्रदेश भित्रका १० वटा जिल्ला प्रहरी कार्यालय र तालिम केन्द्र, गण, दंगा र प्रदेश ट्राफिक गरी १६ वटा कार्यालयबाट प्राप्त विवरणको आधारमा उत्कृष्ट प्रहरी घोषणा गरिने सुचना समन्वय अधिकृत थापाले बताए । भदौ महिनामा उत्कृष्ट प्रदेश प्रहरी लामा सहित १५ जना प्रहरी कर्मचारी पुरस्कृत भएको प्रहरी निरीक्षक थापाले बताए ।
प्रतिक्रिया दिनुहोस्