दोलखा/बागमति प्रदेश प्रहरी कार्यालयले प्रदेश भित्र रहेका २८ वटा स्थानिय तहमा प्रहरी कर्मचारीसंग सम्बन्धित गुनासा तथा सुझाब सङ्कलनको लागि गुनासो तथा सुझाब सङ्कलन पेटिका राखेको जनाएको छ ।
स्थानिय निकायसंगको साझेदारीलाई थप दरीलो बनाउने, सर्वसाधारणको प्रहरी प्रतिको विश्वास अभिबृद्धि गर्ने, प्रहरी सेवामा देखिएको त्रुटि तथा कमि कमजोरी पहिचान गर्दै सुधार गर्ने, सुचना सङ्कलनलाई प्रभावकारी बनाउने, जनताको सुशासनको अधिकारलाई व्यवहारीक रुपमा कार्यान्वयन गर्ने लगायतका उदेश्य साथ गुनासो तथा सुझाब सङ्कलन पेटिका राखिएको बागमति प्रदेश प्रहर िकार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक सुदिप गिरीले बताउनु भयो ।
सुझाब पेटिकामा प्राप्त सुझाबहरुलाई प्रत्येक महिनाको १ गते सम्बनिधत पालिकाको प्रतिनिधि तथा जिल्ला प्रहरी या नजिकको प्रहरी युनिटको प्रतिनिधिको रोहवरमा सङ्कलन गरी दस्तखत सहित खामबन्दि गरिने, उक्त सुझाब तथा गुनासालाई गोप्यता कायम गर्दै बागमति प्रदेश प्रहरी कार्यालय पठाईने तथा प्राप्त सुझाब एवं गुनासाको छानविन सहित त्यसको कार्यान्वयन र आवश्यकता अनुसार कार्वाहिको समेत व्यवस्था गरिने प्रहरी बरिष्ठ उपरीक्षक गिरीले बताउनु भयो ।
गुनासो सम्बोधनको लागि प्रदेश प्रहरी कार्यालयमा उजुरी छानविन शाखा समेत राखिएको गिरीले बताउनु भयो । हेटौडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले सुझाब पेटिकाको चावी प्रदेश प्रहरी प्रमुख डिआईजि बसन्तकुमार लामालाई हस्तान्तरण गर्दै गुनासो तथा सुझाब सङ्कलन पेटिका अभियानको सुभारम्भ गर्नु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय दोलखाले पनि भीमेश्वर नगरपालिका र जिरी नगरपालिकामा गुनासो तथा सुझाब सङ्कलन पेटिका राखेर अभियान सुरु गरेको प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्