
काठमाण्डौं । चर्चित कवि तीर्थ श्रेष्ठको एकल मुक्तक वाचन कार्यक्र«म हुने भएको छ । पोखरा बसेर साहित्य र संस्कृतिको सेवामा निरन्तर जुटिरहनुु भएका कवि श्रेष्ठका मुक्तक र कविताका आधा दर्जन पुस्तक प्रकाशित छन् । कविता र मुक्तकका दर्जन बढी एकल वाचन गरिसक्नु भएका कवि श्रेष्ठले हङकङ र युरोपमा समेत एकल मुक्तक र कविता वाचन गरिसक्नु भएको छ ।यसअघि आठ वर्षअघि पनि काठमाण्डौंमा उहाँको एकल मुक्तक वाचन कार्यक्रम भएको थियो ।ग्लोबल कन्सल्ट, लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ वि २ , होलिष्टिक माइन्ड एण्ड लाईफ सेलिब्रेसन सेन्टर र कानेखुसी मिडियाको आयोजनामा हुने उक्त कार्यक्रममा करिव पचास वटा मुक्तक वाचन गरिने कवि श्रेष्ठले जानकारी दिनु भयो । कोविडको महामारीका कारण जुमका माध्यामबाट हुने उक्त मुक्तक कार्यक्रम भदौ २७ गते शनिवार हुने छ । कार्यक्रमलाई फेसबुक, युटुब लगायतबाट प्रत्यक्ष प्रशारण गरिने ग्लोबल कन्सल्टका प्रबन्ध निर्देशक एवं कार्यक्रम संयोजक भोजराज न्यौपानेले बताए ।
प्रतिक्रिया दिनुहोस्