रामप्रसाद सेढाई
मार्क्सवादी बिचारधाराका प्रवर्तक कार्लमार्क्सको जन्म सन 1818 मा जर्मनी मा भएको थियो उनी र फ्रेडरिक एङ्ग्लेस दुबैले मिलेर मार्क्सवादी सिद्धान्त को प्रतिपादन गरे, मार्क्सवाद भनेको मुलतः ब्रह्माण्ड र मानव समाजलाई ऐतिहासिक भौतिकवादी दृष्टिकोणबाट हेर्दै यो समाजको क्रान्तिकारी रुपान्तरण गर्ने सिद्धान्त हो, उनकै बिचारलाई मार्क्सवादी बिचार भनिन्छ यसमा के छ त अब संक्षेपमा बुझौं। मार्क्सवाद बुझ्नु अगाडी यी दुई वादको बारेमा जानकारी हुनुपर्दछ,
दर्शन मुलतः दुईवटा छन्
१.भौतिकवाद
२.आदर्शवाद
१. भौतिकवाद :- मानव जीवन र जगतलाई पुर्णतः भौतिक आधारमा मात्र ब्याख्या गरेर तिनलाइ द्वन्द्वात्मक रुपमा सधैं गतिशील एवं बिकासमान मान्ने बैज्ञानिक दर्शन नै भौतिकवाद हो, यो वादले सामाजिक जीवन, प्रकृति, ब्रह्माण्ड बोधगम्य (जानकारिमा रहने) भन्छ, साथै पदार्थलाई पहिलो र चेतनालाई गौण मान्दै पदार्थको विकसित रुपनै चेतना हो भन्छ।
२. आदर्शवाद :- यस दर्शनले मानव जीवन र जगतलाई पुर्णतः अलौकिक (दैवी शक्ति) शक्तिको आधारमा ब्याख्या गरेर तिनलाइ अबोधगम्य(जानकारी बाहिरको) भनेको छ। ब्रह्माण्ड, जीवन, जगत, प्रकृति सबै ईश्वरिय सृष्टि हो यो मानिसले बुझ्न सकिने कुरा होइन भन्छ, यसले चेतनालाइ प्रमुख मान्दै पदार्थलाई गौण भन्छ। चेतना नै सबैको कार्य करण हो, कुनै अदृश्य शक्ति बिना यो ब्रह्माण्डको अस्तित्व छैन भन्ने मान्यता राख्दछ। तर जब मार्क्सवादको उदय भयो तब मानव जीवन र जगतलाइ हेर्ने दृष्टिकोणमा पुरै परिवर्तन आयो, सामान्य अर्थमा यो दर्शन विश्वको तात्विक व्याख्यामा मात्र सिमित रहने पुरानो शैलिको चिन्तन प्रणालीमा व्यापक फेरवदल ल्याउदै मानव समाजको क्रान्तिकारी रुपान्तरण गर्ने कृयात्मक दर्शन पनि भएकोले यसका जन्मदाता मार्क्सलाई क्रान्तिकारी दार्शनिक साथै बैज्ञानिक साम्यवादका सस्थापक, सर्वहारा वर्गका गुरु एवं अन्तरास्ट्रिय नेता पनि मानिन्छ र मार्क्सवादले यसैलाइ आफ्नो दर्शन मान्छ । यसले मानव समाज, जीवन र जगतलाई कसरी ब्याख्या गर्छ त त्यो बुझ्न जरुरी हुन्छ
ऐतिहासिक भौतिककाद :- यो नै मार्क्सद्वारा प्रतिपादित मार्क्सवादको केन्द्रिय बिचार हो, मार्क्स भन्दा पहिलेनै दार्शनिक हेगेलले द्वन्द्वात्मक भौतिकवादको ब्याख्या गरेका थिए तर त्यो पनि जडसुत्रवादमा आधारित थियो, पुर्णता प्राप्त गरिसकेको थिएन, त्यसक्रममा विभिन्न कालखण्डमा विभिन्न दार्शनिकहरुले संसारलाइ ब्याख्या गर्ने कोसिस मात्र गरे, मुख्य कुरा त यस संसारलाइ बदल्नु हो भन्दै मार्क्सले हेगेललाई नै गुरु मानेर द्वन्द्वात्मक भौतिकवादमा नै आधारित रहेर ऐतिहासिक भौतिकवादको सिद्धान्त अगाडी सारे अनि भने:- “द्वन्द्वात्मक भौतिकबादलाइ हेगेलले टाउकोले टेकेर हिड्ने बनाएका थिए मैले त्यसलाइ सुल्टो पारेर खुट्टाले टेकेर हिड्ने बनाइदिएको छु “। यसले हरेक कुराहरुलाइ इतिहासको आधारमा भौतिकवादी दृष्टिकोणले हेर्ने र ब्याख्या गर्ने काम गर्दछ, उनले पृथ्वीमा मानवको जीवन प्रक्रियालाई पनि ऐतिहासिक दृष्टिकोणका आधारमा ब्याख्या गर्दै हालसम्मको मानव युगलाइ विभिन्न चरणमा बिभाजन गरेर निम्नानुसार प्रस्तुत गरेका छन
१. आदिम साम्यवाद २. दासयुग ३.सामन्तवाद ४.पुजीवाद(हाल चलिरहेको) ५.समाजवाद ६. बैज्ञानिक साम्यवाद
यहि हो उनले प्रस्तुत गरेको मानवसमाजको क्रमशः बिकास प्रक्रिया। यसले मानवसमाजको तिनै काल (भुत, वर्तमान र भबिस्य) को यथार्थबादी विश्लेषण गर्दै दुई विपरीत तत्व (वर्ग)बिचको संघर्ष बाट तेस्रो स्थिति पैदा हुन जान्छ र त्यहीँ बाट अर्को संघर्षको सुत्रपात हुनपुग्छ ,मानव इतिहास वर्ग-संघर्षको ईतिहास हो भनेको छ । यहाँनेर वर्ग भन्नाले दास युग बाट सुरु भएको भन्ने बुझ्नुपर्छ किनकी आदिम साम्यवाद युगमा कुनै वर्ग नै थिएन त्यो युग भनेको मानिस पृथ्वीमा भर्खर उत्पती भएको हुनसक्ने युग हो, त्यो बेला न राज्य न वर्ग, कोहि न धनी न गरिव, न सानो न ठुलो सबै बराबर त्यसैले त्यो युगलाइ आदिम साम्यवाद भनियो। जब मानिसको जनसंख्या बढ्दै गयो एकले अर्कोमाथी आक्रमण गर्दै जित्नेले हार्नेलाइ आफ्नो दास बनायो। अब वर्ग खडा हुन गयो, वर्ग-वर्ग बिचमा जब संघर्ष पैदा हुन्छ तेस्रो अवस्था आउने क्रममा नै दास युगबाट मानिस सामन्तवाद हुँदै हाल पुजीवादी युगमा छ। यो युगमा पनि मानिस बिच वर्ग कायम छ:- पुजिपती वर्ग र मजदुर वर्ग। यसमा पुजी हुनेले लगानी गर्छ नहुनेले पुजिपतिको लगानिमा उद्धोग कलकारखाना,जमिन आदिमा मजदुरी काम गर्छ, पुजिपतीवर्गसग जमिन, मेसिन, कलकारखाना, पैसा सबै छ उत्पादनका यिनै सधानद्वारा पुजिपती वर्गले मजदुरको श्रम शोषण गर्छ र नाफा कमाउने उद्देश्य राखेको हुन्छ यसैबाट अब वर्गसंघर्ष सुरु हुन्छ। किनकी रातदिन नभनी मजदुर श्रम गरिरहेको हुन्छ, पुजिपतीले त्यो नाफाको हिस्सा मजदुरवर्गमा बितरण नगरी पुन अर्को उद्दोग कलकारखाना,जमीन आदिमा लगानी गरिदिन्छ या आफै राखिदिन्छ । मार्क्स भन्छन :- पूंजीवादमा यहींबाट समस्या पैदा हुन गएको छ जसले गर्दा पुजीपति र सर्वहारा मजदुर बिचको वर्ग संघर्षबाट समाजवाद आउछ, समाजवाद भनेको सबैले काम गर्ने ,सबैले पैसा कमाउने , कोहि मालिक हुनेछैन कोहि मजदुर हुनेछैन।
यसमा आफ्नो स्तर अनुसार सबैले तोकिएको समयसम्म तोकिएको काम (श्रम) अनिवार्य गर्नुपर्नेछ। जस्तो किसानले आफ्नो क्षमता अनुसार किसानकै काम ,डाक्टरले डाक्टरकै काम तर ज्याला जिविकोपार्जन हुने मात्र अरु आधारभुत कुरा राज्यले व्यवस्था गरिदिने भनिएको छ,हाल यस्तो प्रकारको शासन व्यवस्था मित्रराष्ट्र चिन, क्युवा,उतरकोरिया लगायतका मुलुकहरुले लागू गरिरहेका छन् । उनका अनुसार जब एक निश्चिति समयपछि सबै मानिस बराबरको हैसियतका हुनेछन् त्यसपछि त्यहाँ न कुनै वर्ग रहन्छ न राज्यको जरुरत पर्दछ त्यो नै बैज्ञानिक साम्यवाद हो। यसरी इतिहास देखि वर्तमान समय तथा भबिस्यको मानव समाजको गन्तव्यको बारेमा बैज्ञानिक विश्लेषण गरिएको हुनाले मार्क्सको सिद्धान्तलाइ नै आजसम्मको सबैभन्दा भन्दा बैज्ञानिक एवं बस्तुपरक सिद्धान्त मानिन्छ ।
मार्क्सवादको आलोचना:- कुनैपनी सिद्धान्त आफैमा जतिनै राम्रो भएपनी त्यसमा सबल र निर्बल पक्ष अन्तर्निहित हुन्छ नै। मार्क्सवादी बिचारधारा पनि आलोचनाबाट मुक्त छैन। यहीँ सिद्धान्तमा आधारित भएर वर्गसंघर्षका नाममा विश्वमा ठुला-ठुला युद्ध भएका छन् र लाखौं मानिस मारिएका छन् ,भौतिकवादको नाममा ती देशहरुका आफ्ना नैतिक मूल्य-मान्यता तथा सामाजिक आदर्शका प्राण हरु निस्तेज हुन पुगेका छन् । आयातीत सिद्धान्तको लागि आफ्नो देशको राजनैतिक प्रणाली अलग थलग हुन पुग्दछन,आफ्नो चिनारी विलुप्त प्रायः हुन्छ, यसले धर्मलाई अफिम भनेको छ, जसले गर्दा राष्ट्रका आफ्ना धर्म संस्कार ,रितिरिवाजहरुलाई रुढीबादको बिल्ला भिराउने काम भैरहेको छ। उनको दर्शनले पुजीवादको पतन पछि समाजवाद हुँदै आउने साम्यवादलाई राज्यबिहिन, वर्गबिहिन समाजको कल्पना गरेको छ, तर राज्यबिहिन समाज अराजकतातर्फ जाने संभावना हुन्छ साथै राज्यको निर्माण खाली शोषणको लागि मात्र भएको हुदैन बल्की समाजमा शान्ती व्यवस्था कायम राख्न, मानिसलाई नियम कानुनको परिधिभित्र राखी जनताको ज्यु धनको सुरक्षा गर्न समेत राज्य निर्माण भएको हुन्छ। यसैगरी पुजिवादको पुर्णरुपले नस्ट पनि कहिल्यै हुदैन बरु अझ बलियो हुँदै अगाडी बढ्छ किनकी आज समाजवदी शासन व्यवस्था लागू गरेका देशहरुमा नै खर्बपतीहरुको संख्या बडोत्तरी हुँदै गैरहेको देखिन्छ त्यसैले यो व्यबहारिक छैन।
यति हुदाहुदै पनि मार्क्सवाद नै आजको मानव समाजको आधुनिक बिकासको लागि कोशेढुङ्गा नै साबित भएको छ ,यो एक बैज्ञानिक समाजवादको सबै भन्दा उत्तम विकल्प भएको छ। जातिय उत्पिडनमा परेका, महिला, दलित, शोषित, सर्वहारा श्रमिक मजदुरवर्गको मुक्ती एवं मानव समाज कल्याणको ठोस आधार तयार गरेको छ, चेतना जगाएको छ, आर्थिक सामाजिक समानता प्राप्तिको स्पस्ट बाटो देखाएको छ ।यसलाई कुन देशले यसलाइ कसरी लागू गर्छ त्यसैअनुसार निर्भर रहने गर्दछ , दुखका साथ भन्नू परिरहेको छ हाम्रो देशमा पनि यसको प्रयोग त भएको छ तर जनताको जिवनस्तर जस्ताको तस्तै छ । जनतामा चेतना पनि जागेको छ, यसैको सेरोफेरोमा रहेर देशमा पटक-पटक ठुला ठुला हिंसात्मक आन्दोलन भए, हजारौ मानिसले आफ्नो ज्यान गुमाउन पुगे, महिला, दलित, आदिवासी, जनजाति शोसित पिडित जनताका पक्षमा धेरै राम्रा कानुन पनि बनेका छन् ,जनताको बिशाल जनमत द्वारा चुनिएको जन-उत्तरदायी स्थिर कम्युनिस्ट सरकार छ, जनताद्वारा नै लेखिएको संविधान देशमा छ तर खै के नमिलेर हो हामी नेपाली सपेक्ष गरिबीको रेखामाथी अझै उठ्न सकेका छैनौ बिकास को कुरा त टाढाको नै रहयो, सबैले आ-आफ्नो ठाउँबाट गम्भीर भएर सोच्न जरुरी भैसकेन र, जय मार्क्सवाद।।।।।
प्रतिक्रिया दिनुहोस्