यो पनिसमाचार

प्रहरी बिटलाई एसएस फाउण्डेशनको सहयोग

काठमाडौँ/एसएस फाउण्डेशनले काठमाडौँ महानगरपालिका वडा नम्बर– १० मा रहेको बुद्धनगर प्रहरी बिटलाई नियमित प्रयोग हुने बिभिन्न आवश्यक लजेस्टिक सामग्रीहरु उपलब्ध गराएको छ ।
एसएस फाउण्डेशनले बुुद्धनगर प्रहरी बिटलाई स्टेन फ्यान १० थान, लाम्खट्टे झुल १५ थान, १० लिटरको भात पकाउने कुुकर २ थान, पानी पिउने जग ४ थान, पानी जम्मा गर्ने बाल्टिन ३ थान, खाना खाने प्लेट २० थान र कचौरा २० थान उपलब्ध गराएको फाउण्डेशनका महासचिव ज्ञानेन्द्र कार्कीले बताउनु भयो ।
त्यसैगरी तरकारी पकाउने कराई १ थान, १० लिटरको हारपिक फिनाल १० वटा, सर्जिकल माक्स २० वटा, चपिङ बोर्ड १ थान र चम्चा २० थान उपलब्ध गराईएको महासचिव कार्कीले बताउनुु भयो ।
एसएस फाउण्डेशनले उपलब्ध गराएका लजेस्टिक सामानहरु फाउण्डेशनका संरक्षक समाजसेवी शोभित उप्रेतीले बुद्धनगर प्रहरी बिटका इन्चार्जलाई हस्तान्तरण गर्नु भएको थियो ।
एसएस फाउण्डेशनले बिभिन्न क्षेत्रमा आवश्यक सामानहरु सहयोग गर्दै आएको र सोहि क्रममा बुद्धनगर प्रहरी बिटलाई नियमित प्रयोग हुने बिभिन्न आवश्यक लजेस्टिक सामग्रीहरु सहयोग गरेको संरक्षक शोभित उप्रेतीले बताउनुु भयो ।

सम्बन्धित समाचार