अन्तरास्ट्रियसमाचार

चीनको विकास चिनियाँ कथामात्र हैन

काठमाण्डौँ/चीनको बेईजिङमा आयोजना भएको ‘मेरो नजरमा सीपीसीः छिमेकी देशका युवासंग संवाद’ कार्यक्रममा नेपाली प्रतिनिधि मनिषा श्रेष्ठले चीनको विकास केवल चिनियाँ कथामात्र नभै यो जनतालाई केन्द्रमा राखेर गरिने शासनको विश्वव्यापी खाका रहेको बताएकी छन् ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको अन्तराष्ट्रिय विभागले आयोजना गरेको कार्यक्रममा श्रेष्ठ फ्रेन्ड्स अन द क्लाउडः प्लेटफर्म अफ इन्फ्लुएन्स नेपालको तर्फबाट सहभागि श्रेष्ठ संस्थाको संयोजक समेत हुन् ।

श्रेष्ठले महासचिव सी जिनपिङको प्रारम्भिक जरा स्तरको अनुभवलाई स्मरण गर्दै चीनको प्रणालीले युवा अधिकारीहरुलाई राष्ट्रिय दुष्टिकोण स्थानीय प्रभावमा रुपान्तरण गर्न सक्षम बनाउने बताईन ।

बेईजिङ र युनान प्रान्तको भ्रमण पछि कार्यक्रममा मन्तव्य दिएकी श्रेष्ठले युनानमा गरिवि न्युनिकरण कार्यक्रम अन्र्तगत स्थानान्तरण गरिउका परिवारहरुले स्वास्थ्य सेवा, प्रभावकारी सेवा केन्द्र र पुनर्जीवित समुदायबाट प्राप्त गरिरहेको लाभ प्रशंसनिय रहेको बताएकी थिईन ।

कार्यक्रममा १५ देशका झण्डै एकसय जना युवा नेता, थिङ्क ट्याङ विज्ञहरु, सञ्चारकर्मी, अन्तराष्ट्रिय विद्यार्थी र उद्योग क्षेत्रका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । युवासंग संवाद कार्यक्रममा पाकिस्तान, भुटान, टिमोर– लेस्ते, फिलिपिन्स, माल्दिभ्स, मलेसिया, बंगलादेश, म्यानमार, नेपाल, श्रीलङ्का, थाइल्याण्ड, ब्रुनेर्य, सिंगापुर, भारत र इन्डोनेसियाका युवा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

युवासंग संवाद कार्यक्रममा सहभागिहरुले युवाको विकासमा चीनले गरेको रणनीतिक लगानी, नवप्रवर्तन, उद्यमशिलता र प्राविधिक तथा व्यवसायीक शिक्षामा दिएको सर्मथन क्षेत्रीय स्तरमा अनुकरणीय मोडलको रुपमा रहेको भन्दै प्रशंसा गरेका थिए ।

कार्यक्रममो अध्यक्षता चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको अन्तराष्ट्रिय विभागका सहायक निर्देशक जिन सिनले गरेका थिए ।

सम्बन्धित समाचार