बागमतीमुख्य समाचारराजनीति

दोलखामा अपरान्ह्र तीन बजेबाट मतगणना

दोलखा/एउटा निर्वाचन क्षेत्र भएको दोलाखमा प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना अहिले (शुक्रवार) अपरान्ह्र ३ बजेबाट सुरु हुने मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाले जनाएको छ ।

प्रत्येक विर्चानमा बुथ कब्जाको त्रास बेर्होदै आएको दोलखाका मतदाताहरुले यो पटक शान्तिपुर्ण ढङ्गले मतदान गर्न पाएको प्रतिक्रया दिएका छन् । दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर– ४ को गोल्मेश्वर मावि मालु मतदान केन्द्रमा भने विवादका कारण केही घण्टा मतदान प्रकृया अवरुद्ध भएको थियो । सो मतदान केन्द्रमा अन्तिम समयमा शान्तिपूर्ण ढङ्गले मतदान सम्पन्न भएको थियो ।

२५ सय ६१ मतदाता रहेको मालु मतदान केन्द्रमा ६ सय ९८ मतमात्र खसेको छ । झण्डै ५० थान मतपत्र हराएर विवाद भएपछि एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिले मतदान प्रकृया बहिष्कार गरेका थिए ।

दोलखामा १ लाख ७० हजार ३ सय २१ मतदाता रहेकोमा पुरुष ४५ हजार ४ सय ५७ जना र महिला ३९ हजार २४ जना गरी ८४ हजार ४ सय ८१ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाले जनाएको छ । गौरीशङकर गाउँपालिका वडा नम्बर– ९ को बेदिङ मतदान केन्द्रका १ सय १३ मतदाताले भने मतदान नगरेको जनाईएको छ । उनीहरुले रोल्वालिङ क्षेत्रमा विना अनुमति हेलिकप्टर उडाउन पाउनुपर्ने माग सम्बोधन नभएको भन्दै मतदान प्रकृयामा अनुपस्ति रहेको जनाएका छन् ।

दोलखा जिल्लामा ९५ मतदान स्थल र २ सय ७ मतदान केन्द्र रहेका छन् । विगतको निर्वाचनलाई आधार बनाउदै निर्वाचन आयोगले ५२ मतदान स्थललाई अति सम्वेदनसिल र २८ मतदान स्थललाई सम्वेदनसिल मतदान केन्द्रको रुपमा बर्गिकरण गर्दै सुरक्षा व्यवस्था कडा बनाएको थियो । नेपाली सेनाको कमाण्डमा रहेको निर्वाचन सुरक्षा टोलिको लामो समयदेखिको सक्रियताले दोलखाको निर्वाचन शान्तिपूर्ण रहेको स्थानीयको भनाई छ ।

सम्बन्धित समाचार