खेलकुदसमाचार

वडा कप फुटबलमा अल्पाईन पब्लिक स्कूल विजेता

दोलखा/दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर– ५ स्थित धर्मघरमा भएको तेस्रो जिल्लाब्यापी मावि स्तरीय छात्र वडा अध्यक्ष कप फुटबल प्रतियोगीता– २०८२ को विजेता अल्पाईन पब्लिक स्कूल चरिकोट भएको छ ।

प्रतियोगिताको उपविजेता मोर्डन बोर्डिङ स्कूल चरिकोट भएको छ । त्यसैगरी म्यान अफ दी म्याच अल्पाईन पब्लिक स्कूल चरिकोटका राजेश शिवभक्ती, उत्कृष्ट गोल रक्षक अल्पाईन पब्लिक स्कूल चरिकोटका निकेश तमाङ, उत्कृष्ट खेलाडी अल्पाईन पब्लिक स्कूल चरिकोटका रोशन वस्नेत र सर्वाधिक गोलकर्ता मोर्डन बोर्डिङ स्कूल चरिकोटका नविन तमाङ भएका छन् ।

प्रतियोगितामा वजेता टिमलाई नगद ७५ हजार, ट्रफी र प्रमाणपत्र तथा उपविजेता टिमलाई नगद ४५ हजार, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको खेल संयोजक रवि वस्नेतले बताए ।

भीमेश्वर नगरपालिका वडा नम्बर– को आयोजना तथा बुढा भीमसेन र्सिजनसिल क्लब र भिजन युथ क्लबको व्यवस्थापनमा भएको प्रतियोगितामा भीमेश्वर नगरपालिका र जिरी नगरपालिकाका १६ वटा माध्यामिक विद्यालयका १८ वटा टिमको सहभागीता रहेको थियो ।

विजयी टिम तथा खेलाडिहरुलाई पुरस्कार वितरण गर्दै भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला वस्नेतले खेलको विकासको लागि भीमेश्वर नगरपालिकाले सधै सहयोग गर्दै आएको बताए ।

पुरस्कार वितरण कार्यक्रममा भीमेश्वर नगरपालिका वडा नम्बर– ५ का वडा अध्यक्ष बासु श्रेष्ठ, नेकपा एमालेका राजन श्रेष्ठ, नेपाली कांग्रेसका बालकृष्ण वस्नेत, पत्रकार सर्मिला बुढाथाेकी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

सम्बन्धित समाचार