काठमाडौँ/राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को काठमाडौँ क्षेत्र नम्बर– १ को क्षेत्रिय निर्वाचन समितिले गरेको सिफारीस विपरीत राप्रपा संसदीय समितिको शुक्रवारको बैठकले प्रतिनिधि सभा निर्वाचनको लागि काठमाडौँ क्षेत्र नम्बर– १ मा पार्टीको बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई उम्मेदवार बनाउने निर्णय गरेपछि राजधानिमा मात्र हैन बिभिन्न जिल्लामा पनि बिद्रोह सुरु भएको छ ।
क्षेत्रिय निर्वाचन समितिले पार्टीको सह– कोषाध्यक्ष शोभित उप्रेतीको नाम काठमाडौँ क्षेत्र नम्बर– १ बाट प्रतिनिधि सभा सदस्यमा सिफारीस गरेको कुरालाई नजरअन्दाज गर्दै बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई उम्मेदवार बनाईए जिल्ला– जिल्लाबाट बिद्रोह हुने राप्रपाको भातृसंगठन युवा मोर्चाको दोलखा अध्यक्ष एवम् राप्रपा दोलखाको शैलुङ गाउँपालिका कमिटी अध्यक्ष नवराज खड्का (राजाभाइ) ले बताए ।
राप्रपाको काठमाडौँ क्षेत्र नम्बर– १ को क्षेत्रिय निर्वाचन समितिले पशुपति शम्शेर राणालाई पहिलो र शोभित उप्रेतीलाई दोस्रो नम्बरमा उम्मेदवारको लागि सिफारीस गरेको थियो । राणाले आफु त्यस क्षेत्रबाट उम्मेदवार नबन्ने घोषणा गरिसकेकोले स्वत शोभित उप्रेती उम्मेदवार हुनुपर्ने युवा मोर्चाको दोलखा अध्यक्ष खड्का बताउछन् ।
बरिष्ठ उपाध्यक्ष मिश्रले आफुखुशी बैठक राखेर आफ्नो नाम सिफारीस गरेकोले त्यो आधिकारीक छैन खड्काले भने– त्यसैले काठमाडौँ क्षेत्र नम्बर– १ को क्षेत्रिय निर्वाचन समितिले आधिकारीक रुपमा सिफारीस गरेको सह– कोषाध्यक्ष उप्रेतीलाई उम्मेदवार बनाउनु पर्छ ।
आइतवार हुने भनिएको बैठकले सह– कोषाध्यक्ष शोभित उप्रेतीलाई उम्मेदवार बनाउने निर्णय नभए दोलखा लगायत देशका धेरै जिल्लाबाट पार्टी र युवा मोर्चाका नेताहरुले बिद्रोह गर्ने खड्काको चेतावनी छ ।

प्रतिक्रिया दिनुहोस्