दोलखा/बिष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले हरेक बर्ष माघ– १ गते माघे संक्रान्तिको दिन प्रकाशन गर्दै आएको साहित्यिक पत्रिका प्रदेय को १५ औँ अङ्क सार्वजनिक भएको छ । दोलखाको मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा कुमार थोकरले विहिवार प्रदेयको १५ औँ अङ्क सार्वजनिक गर्नु भएको हो ।
कार्यक्रममा मन्तव्य व्यक्त गर्नुहुदै मेलुङ गाउँपालिका अध्यक्ष थोकरले साहित्यको विशिष्ठ महत्व रहेको भएपनि पछिल्लो समय साहित्यिक गतिविधि घट्दै गएको बताउनु भयो । अध्यक्ष थोकरले साहित्यले समाजको विकासमा राम्रो टेवा पुग्नसक्ने भएकोले यसको प्रवद्धनको लागि स्थानीय तहहरुले समेत सहयोग गर्नुपर्ने बताउनु भयो ।
बिष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाका संरक्षक चिरञ्जीवी मास्केको सभापतित्वमा सम्पन्न प्रदेय सार्वजनिक कार्यक्रममा नेपाल बार एशोसियसन दोलखाका अध्यक्ष कृष्ण बहादुर वस्नेत, नेपाल पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष प्रभु जिरेल, पत्रकार जीवन लामा, गोकर्ण भण्डारी, प्रगतिशिल लेखक संघ दोलखाका अध्यक्ष तारा विएम र साहित्यकार सुशीला शर्माले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
एक सय २८ पेज रहेको प्रदेयको १५ औँ अङ्कमा ४३ जना साहित्यकारहरुको बिभिन्न लेख– रचना समेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्