दोलखा/साहित्यकार एवम् समाजसेवी सम्राट चौलागाईले समाजसेवी ऋषी न्यौपानेको सहयोगमा सङ्कलन गरेको पाँच हजार बराबरको खाद्यान्न तथा लताकपडा दुई विपन्न बालबालिकालाई उपलब्ध गराएका छन् ।
अपाङ्गता भएका दोलखाको कालिञ्चोक गाउँपालिका घर भएका विपन्न गोपाल थामीको दुई छोरा– छोरी कुशल र निर्जला थामीको लागि साहित्यकार सम्राट चौलागाईले समाजसेवी ऋषी न्यौपानेको सहयोगमा बिभिन्न व्यक्तसंग सहकार्य गरी सङ्कलन गरेको खाद्यान्न तथा लताकपडा उपलब्ध गराएका हुन् । ती सामग्रीहरु मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा कुमार थोकरले गोपाल थामीलाई हस्तान्तरण गर्नु भएको थियो ।
विपन्न बालबालिकाको आमाले छोडेर गएको र अपाङ्गता भएका बाबु गोपाल थामीले मजदुरी गरेर उनीहरुको पालन– पोषण गरिरहेको साहित्यकार चौलागाईले बताए ।
साहित्यकार चौलागाईले सबैको सहयोगमा विपन्न परिवारका कुशल र निर्जलासंगै अन्य विपन्न परिवारका बालबालिकाहरुलाई समेत सहयोग गर्न अभियानकै रुपमा काम गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्