शिक्षासमाचार

भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय दिवस

दोलखा/मानव अधिकार सचेतन तथा विकास केन्द्र (हुराडेक) नेपाल दोलखाले अन्तराष्ट्रिय मानव अधिकार दिवस (१० डिसेम्बर) तथा भ्रष्टाचार विरुद्धको २२ औं अन्तराष्ट्रिय दिवसको अवसरमा मङ्गलवार वर्तमान अवस्थामा भ्रष्टाचार उन्मुलनका लागि सरोकारवालाको भूमिका विषयक अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा हुरोडेकका अध्यक्ष होम प्रसाद पाठकले वर्तमान अवस्थामा भ्रष्टाचार उन्मुलनका लागि सरोकारवालाको भूमिका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानी, दोलखाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसाल, नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य गोपाल न्यौपाने, नेकपा एमाले दोलखाका सचिव स्वयम बहादुर खड्का, नेपाल बार एशोसिएसन दोलखाका अध्यक्ष कृष्ण बहादुर वस्नेत, नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष प्रभु जिरेल, अशल शासन समन्वय समिति दोलखाका अध्यक्ष दिपक वस्नेत, गैर सरकारी संस्था महासंघ दोलखाका अध्यक्ष नेत्र मोक्तान, इन्सेक बर्ष पुस्तक प्रतिनिधि उद्धव पोखरेल, पत्रकार दिल बहादुर केसी, नवराज शिवाकोटी लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको क्रममा मंगलवार दोलखाको भीमेश्वर नगरपालिकाले बिभिन्न संघ– संस्थाको समन्वयमा चेतना मूलक ¥याली तथा कोर्ण सभाको आयोजना गरेको छ ।

सबै महिला र बालिकामाथि हुने डिजिटल हिंसाको अन्त्य गर्न जुटौं भन्ने अन्तराष्ट्रिय नारा तथा प्रविधिको सही प्रयोग गरौँः लैंगिक हिंसा अन्त्य गरौँ भन्ने राष्ट्रिय नाराका साथ अभियान चलिरहेको छ ।

भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला वस्नेतको सभापतित्वमा सम्पन्न कोर्ण सभामा जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानी, भीमेश्वर नगरपालिकाका नगरप्रमुख इश्वर नारायण मानन्धर, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसाल लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

सम्बन्धित समाचार