अन्तरास्ट्रिय

चीनको सांघाईमा थिङ्क ट्याङक डाईलग

काठमाडौँ/चीनको सांघाईमा दुई दिनसम्म सञ्चालन भएको तेस्रो ग्लोबल साउथ थिङ्क ट्याङक डाईलगमा नेपालको तर्फबाट सहभागि युवा अभियन्ता एवम् राजनीतिज्ञ रिनन् पोखरेलले सामुदायीक नेतृत्वमा आधारीत विकास, सामुदायीक वन मोडल, जलवायु परिर्वतनमा लचिलोपन र नेपालको शान्ति प्रकृयाका अभ्यासहरुको विषयमा कार्यपत्र प्रस्तुत गरेका छन् ।

कार्यक्रममा एकता मार्फत शक्तिः विश्वव्यापी दक्षिणको जिम्मेवारी र कार्य विषयमा छलफल भएको थियो । कार्यक्रममा दोस्रो पटक सहभागि युवा अभियन्ता पोखरेलले सामुदायीक नेतृत्वमा आधारीत विकास, सामुदायीक वन मोडल, जलवायु परिर्वतनमा लचिलोपन र नेपालको शान्ति प्रकृयाका अभ्यासहरुको स्थानीय मोडलले नेपालले अपनाएको दिगो आधुनिकताको मार्गलाई स्पष्ट रुपमा प्रतिनिधित्व गर्ने धारणा राखेका थिए ।

कार्यक्रममा सहभागि युवा अभियन्ता पोखरेलले तेस्रो ग्लोबल साउथ थिङ्क ट्याङक डाईलग कार्यक्रमको अवसरमा ग्लोबल साउथ सचिवालय घोषणा गरिएको र यो विकासोन्मुख देशहरुको लागि निक्कै महत्वपूर्ण हुने बताए । यसको सचिवालय सदस्यमा नेपाल पनि निर्वाचित भएको उनले बताए ।

ग्लोबल साउथ सचिवालयको घोषणाले विकासोन्मुख देशहरु बीचको सहकार्यलाई औपचारीक र सवलिकरण गर्ने कुरामा महत्वपूर्ण भूमिका खेल्न सक्ने पोखरेलले बताए । यसले समतामूलक ग्लोबल अर्डर निर्माण गर्न तथा अन्र्तराष्ट्रिय मामिलामा उनीहरुको सामूहीक आवाजलाई सशक्त बनाउन सहयोग पुग्ने पोखरेलको भनाई छ ।

ग्लोबल साउथ सचिवालयको घोषणाले साँझा विकास उदेश्यहरु प्रवद्धन गर्ने तथा ऐतिहासीक रुपमा उनीहरको फरक मतको विश्व व्यवस्थामा प्रभावकारी समन्वय र मार्गदर्शन प्रदान गर्ने संयन्त्रका रुपमा काम गर्ने अभियन्ता रिनन् पोखरेलको विश्वास छ ।

आईडिसिपिसिको आयोजना तथा सांघाई अन्तराष्ट्रिय अध्यन संस्थान र सिपिसि सांघाई नगरपालिका समितिको व्यवस्थापनमा भएको कार्यक्रममा चीन, भारत, नेपाल लगायत एक सय २० देशका तीन सय ५० भन्दा बढीको सहभागि रहेको आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार