बागमतीराजनीति

दोलखामा उज्यालो नेपाल पार्टी गठन

काठमाडौँ/काठमाडौँको कोटेश्वरमा उज्यालो नेपाल पार्टी सदस्यहरुको भेलाले हिरष्यराज उप्रेतीको संयोजकत्वमा २१ सदसिय उज्यालो नेपाल पार्टी दोलखाको गठन भएको छ ।

पार्टी गठनको लागि भएको भेलामा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य बिशाल कुमार भण्डारीले जेन– जी आन्दोलनको जगमा बनेको उज्यालो नेपाल पार्टीले पुरानो पुस्ताको ज्ञान र नयाँ पुस्ताको नेतृत्वमा देशको रुपान्तरणको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

उज्यालो नेपाल पार्टी घोषणाको क्रममा दोलखा जिल्ला कमिटी निर्माण गरिएको र जिल्लामा पार्टी विस्तारको कामलाई निरन्तर रुपमा अघि बढाईने केन्द्रीय सदस्य भण्डारीको भनाई छ ।

पार्टीले दोलाखमा बिभिन्न तहको कमिटी निर्माण र सदस्यता विस्तारलाई तिब्रताका साथ अघि बढाउने संयोजक उप्रेतीले बताए ।

सम्बन्धित समाचार