दोलखा/दोलखाको बैतेश्वर गाँउपालिका वडा नम्बर–३ ठाडेका ५९ बर्षिय टेक बहादुर तमाङको भालुको आक्रमणमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले बताए ।
आफ्नो घरबाट दुई सय मिटर टाढा जङ्गलमा घाँस काट्न गएका तमाङलाई विहिवार विहान १०ः३० बजे भालुले आक्रमण गरेको थियो । भालुको आक्रमणबाट तमाङको घट्ना स्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्