काठमाडौँ/जेन– जी आन्दोलनले सत्ता परिर्वतन गरेपछि बनेको नयाँ सरकारको प्रधानमन्त्री सुशीला कार्कीले मन्त्री परिषदलाई पूर्णता दिन राजनीतिक रुपमा स्वतन्त्र रहेको विषय विज्ञको खोजि गरिरहेको सन्र्दभमा स्वास्थ्य र परराष्ट्र मन्त्रीमा डा. रमेश आचार्यको चर्चा भएको छ ।
भ्रष्टाचार विरोधी अभियान सहित भएको जेन– जी आन्दोलनमा सुरु देखिनै सहयोग गर्दै आएका डा. आचार्यलाई स्वास्थ्य वा परराष्ट्र मन्त्री बनाउनु पर्ने सुझाब प्रधानमन्त्री सुशीला कार्कीसम्म पुगेको बताईन्छ ।
लामोसमय चीनमा रहेर स्वास्थ्य सेवामा सक्रिय डा. आचार्यले १०४ भन्दा बढी देशमा स्वास्थ्य सम्बन्धि सेमिनारहरु सञ्चालन गरेका छन् । सोही क्रममा उनको बिभिन्न देशका राष्ट्र प्रमुख एवम् विज्ञ– विशेषज्ञहरुसंग राम्रो सम्बन्ध विकास भएको उनका निकटस्थहरु बताउछन् ।
दैलेख स्थायी घर भएका डा. आचार्य हाल ललितपुरमा बसोबास गर्दै आई रहेका छन् ।
चिकित्सा विज्ञानमा उपचार तथा अनुसन्धान क्षेत्रमा सक्रिय डा. आचार्यले कोभिड– १९ को समयमा विरामीहरुको उपचार र विदेशी सहयोग भित्राउने कुरामा समेत महत्वपूर्ण भूमिका खेलेका थिए ।
स्वास्थ्य र परराष्ट्र मामिलामा विशेष दखल रहेका डा. रमेश आचार्यलाई स्वास्थ्य वा परराष्ट्र मन्त्री नियुक्त गरेर सरकारलाई थप गति दिन सकिने सरोकारवालाहरुको भनाई छ । डा. आचार्यले सरकारमा रहेर स्वास्थ्य प्रणालीमा सुधार, ग्रामिण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार, नविन प्रविधि र अनुसन्धानको क्षेत्रमा योगदान तथा कुतनीतिक सम्बन्ध विस्तार गर्नसक्ने उनीहरुको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्