यो पनिसमाचार

विपद् व्यवस्थापनको लागि मनसुन– ५ अभ्यास

दोलखा/बर्षा लागेसंगै दोलखाको बिभिन्न क्षेत्र उच्च जोखिममा रहने भएकोले सदरमुकाम चरिकोटमा विपद् व्यवस्थापनको लागि सामुहिक अभ्यास मनसुन– ५ कार्यक्रम आयोजना गरिएको छ ।
गरुढदल गढ चरिकोटले सञ्चालन गरेको सामुहिक अभ्यास मनसुन– ५ कार्यक्रममा जिल्ला प्रशासन कार्यालय दोलखा, जिल्ला प्रहरी कार्यालय दोलखा, सशस्त्र प्रहरी नं. १८ गुल्म चरिकोट, नेपाल रेडक्रश शोसाईटी दोलखा, नेपाल स्काउट दोलखा, त्रिपुरा स्काउट ट्रुप र राष्ट्रिय सेवादल त्रिपुराको सहकार्य रहेको थियो ।
कार्यक्रममा सडक दुर्घटना, बाढि– पहिरो र नदिजन्य उद्दार अभ्यास देखाईएको थियो । अभ्यास कार्यमा गरुढदल गणबाट ७२ जना, सशस्त्र प्रहरीबाट ३४ जना, नेपाल प्रहरीबाट १४ जना, त्रिपुरा एकेडेमी बोर्डिङ स्कुलको एनसिसि क्याडेटको छात्र/छात्राहरु २२ जना र स्थानीय गरी एक सय ७० जनाको सहभागिता रहेको थियो ।
गरुढदल गणका प्रमुख सेनानी सुरज वस्न्यातको सभापतित्वमा सम्पन्न कार्यक्रममा भीमेश्र नगरपालिकाका नगरप्रमुख इश्वर नारायण मानन्धर, जिरी नगरपालिकाका नगरप्रमुख मित्र जिरेल, मेलुङ गाँउपालिकाका अध्यक्ष हिराकुमार थोकर, विगु गाँउपालिकाका प्रमुख सञ्जीव ओली, प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महतो, सशस्त्र प्रहरी बलका प्रहरी नायव उपरीक्षक शम्भु बिक्रम शाह लगायतले विपद् व्यवस्थापनको विषयमा जानकारी गराउनु भएको थियो ।

सम्बन्धित समाचार