
विशु सिटौला
जागौ जनता जागौ, देशप्रति सचेत हौ
भ्रष्टाचारको कसिंगरलाई, जरैदेखी फालौ
पसिनाको मूल्य खोज्दै, राष्ट्रघाति चिनौ
हात मिलाई, काधँ मिलाई, भ्रष्ट खोज्न हिडौ ।
पशुपति र स्वयमभुको सीर उँचो राखि
धर्म– संस्कृति बचाउदै, कूबिचार त्यागी
कालभैरव साक्षि राख्दै जागौ जनता जागौ
गरिवि उन्मुलनमा आजैबाट लागौ ।
त्रिकोणात्मक राष्ट्रिय झण्डा फहराउदै जागौ
नातावाद र झोलेवादलाई आजैबाट त्यागौ
शान्ति र समृद्धिमा अडिग भै लागौ
राष्ट्र निर्माण गर्न अब जागौ जनता जागौ ।
प्रतिक्रिया दिनुहोस्