दोलखा/नेपाल विद्यालय कर्मचारी परिषद् दोलखाले नेपाल सरकार र शिक्षक महासंघ बीच गत बैशाख १७ गते भएको सम्झौता धोखापुर्ण भएको भन्दै त्यसको विरुद्ध आन्दोलन सुरु गरिएको जानकारी सहित मंगलवार शिक्षा विकास तथा समन्वय इकाई दोलखामा ध्यानाकर्षण पत्र बुझाएका छन् ।
परिषद्का दोलखा अध्यक्ष शङ्कर वस्नेत र सचिव किरण ठकुरीद्वारा हस्ताक्षरीत ध्यानाकर्षण पत्रमा जेठ ३ गतेबाट हातमा कालोपट्टी बाँधेर काम गरिएको, जेठ ४ गते सबै स्थानीय पालिकाहरुमा ध्यानाकर्षण पत्र बुझाईएको, जेठ ५ गते जिल्ला आन्दोलन परिचालन समिति गठन गरिएको उल्लेख छ ।
ध्यानाकर्षण पत्रमा जेठ ७ गते बुधवार सातवटै प्रदेशको सामाजिक विकास मन्त्रालयमा आन्दोलनको जानकारी सहित ध्यानाकर्षण पत्र बुझाउने तथा जेठ ९ र १० गते काठमाडौँको माईतिघर मण्डलामा सडक आन्दोलनको लागि सबै उपस्थित भै तत्काल आन्दोलनको समिक्षा गर्दै दोस्रो चरणको आन्दोलनको रुपरेखा तयार गरिने उल्लेख छ ।
नेपाल विद्यालय कर्मचारी परिषदको ध्यानाकर्षण पत्र

प्रतिक्रिया दिनुहोस्