मुख्य समाचारराजनिति

भीम रावलको निष्कासन स्वभाविक– एमाले सचिव भट्टराई

दोलखा/नेकपा एमालेका केन्द्रीय सचिव योगेश भट्टराईले नेता भीम रावललाई निष्कासन गरीएको विषय दुःखद भएपनि पार्टी अनुशासनको हिसाबले त्यो स्वभाविक रहेको बताउनुु भएको छन् ।
दोलखा भ्रमणमा आउनुु भएका एमाले सचिव भट्टराईले प्रेस चौतारीले बुधवार चरिकोटमा आयोजना गरेको कार्यक्रममा भीम रावललाई तीन बर्षदेखी पार्टीमा राख्ने प्रयत्न गरिएको भएपनि उहाँले पार्टीसंगको अनुुबन्ध तोड्न चाहेपछि निष्कासन गरिएको बताउनुु भयो । पार्टीमा प्रवेश गर्ने ढोका सधै खुला हुुन्छ एमाले सचिव भट्टराईले भन्नुु भयो– तर निस्कने ढोका भने कहिले काहीमात्र खुल्ने हो जुन भीम रावलको लागि खोलिएको छ ।
एमाले सचिव योगेश भट्टराईले वर्तमान कांग्रेस– एमालेको गबन्धन सरकार २०८४ सम्मै रहने उल्लेख गर्नुहुुदै निर्वाचनमा भने छुुट्टाछुुट्टै प्रतिस्प्रर्धा गर्ने बताउनुु भयो । यो सरकार मुलुुकमा बिभिन्न सङ्कट रहेको बेला बनेको हो । छ महिनाको अवधिमा सरकारले केही राम्रा काम गरेको छ । त्यसैले यो सरकार बजार हल्ला जस्तो आज भोलीनै विगठन भै हाल्ने अवस्था छैन– सचिव भट्टराईले भने ।


सरकारले सात बुँदे सहमति अनुुसार नै संविधान संशोधन लगायतका काम गर्ने उल्लेख गर्नुुहुदै एमाले सचिव योगेश भट्टराईले भन्नुु भयो– सविधान संशोधनको विषयमा एमाले र नेपाली कांग्रेस आन्तरीक छलफलमा छन् । दुुई पार्टी बीच संयुक्त छलफल पनि हुुन्छ । अनि सबै राजनीतिक दलको सहमतिमै सरकारले संशोधनको प्रस्ताव अघि बढाउने छ ।
एमाले सचिव भट्टराईले चीनसंगको विआरआई सम्झौता सरकारको महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्नुहुुदै प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको विषयमा दुतावास र परराष्ट्र मन्त्रालय परामर्शमै रहेको बताउनुु भयो ।
नेपालको अन्तराष्ट्रिय सम्बन्ध सबै देशसंग सन्तुलित छ भट्टराईले भन्नु भयो– छिमेकी चीन र भारतसंग त झन राम्रो नहुने कुुरै भएन । बिआरआई सम्झौताका कारण भारतसंगको सम्बन्ध नबिग्रने एमाले सचिव भट्टराईको भनाई छ ।
प्रेस चौतारी नेपाल दोलखाका अध्यक्ष प्रभुु जिरेलको अध्यक्षतामा भएको कार्यक्रममा एमाले दोलखाका अध्यक्ष नरबहादुुर श्रेष्ठ, एमाले बागमति प्रदेश कमिटी सदस्य एवम प्रदेश सांसद भरत बहादुर केसी लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार