दोलखा/दोलखाको गौरीशङ्कर गाँउपालिका वडा नम्बर– ५ सुुरीमा रहेको हलेश्वर माध्यामिक विद्यालयको ६५ औ अभिभावक दिवस आईतवार सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्नुहुदै गौरीशङ्कर गाँउपालिकाका अध्यक्ष विश्वास कार्कीले शैक्षिक गुणस्तरको लागि पालिकाले आवश्यक सहयोग गर्ने बताउनुु भयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवास सुरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बिक्रम खड्काले विद्यालयको शैक्षिक गतिविधिको बारेमा जानकारी गराउनुु भएको थियो ।
कार्यक्रममा गौरीशङ्कर गाँउपालिका वडा नम्बर– ५ का वडा अध्यक्ष सुुन्दर खड्का, नेपाल पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष प्रभु जिरेल, भुुमेगुम्बा माध्यामिक विद्यालय चंखुका प्रधानाध्यापक कुुमार गुुरुङ, दिव्यश्वरी आधारभूूत प्राथामिक विद्यालयका प्रधानाध्यापक कल्याण खड्का, हलेश्वर माध्यामिक विद्यालयका शिक्षक हुुकेन्द्र बहादुुर खड्का, विद्यार्थी सलिना घतानी लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
अभिभावक दिवसको अवसरमा विद्यालयमा पहिलो पटक प्राविधिक विषय तर्फ कम्प्युटर इन्जिनियर डिप्लोमा तह उत्र्तिण गर्नु भएका १० जना विद्यार्थीलाई दिक्षित गरिएको थियो । कार्यक्रममा बिभिन्न शैक्षिक सामग्रीको प्रर्दशनी समेत गरिएको थियो ।
अभिभावक दिवसको अवसरमा नेपाल पत्रकार महासंघ दोलखा शाखाका पूर्व अध्यक्ष जीवन लामाले कक्षा १० मा अध्यनरत जेहेन्दार विद्यार्थी विकास तमाङलाई नगद दुुई हजार, स्कूल ब्याग, स्कूल ड्रेस, न्यानो कपडा र स्टेशनरी सामग्री हस्तान्तरण गर्नु भएको थियो ।
२०१६ सालमा स्थापना भएको हलेश्वर माध्यामिक विद्यालयमा कक्षा ११ र १२ मा समेत गरी हाल झण्डै चार सय ५० जना विद्यार्थी रहेको प्रधानाध्यापक विक्रम खड्काले बताउनुु भयो । त्यसमध्य १७ जना लोपोन्मुख सुरेल जातीका विद्यार्थी अध्यनरत रहेको प्रधानाध्याक खड्काले बताउनुु भयो । विद्यालयमा कक्षा ११ र १२ मा प्राविधिक तर्फ कम्प्युुटर इन्जिनियरको समेत अध्यापन भै रहेको प्रधानाध्यापक खड्काले बताउनुु भयो ।
प्रतिक्रिया दिनुहोस्