बागमतीसमाचारस्वास्थ्य

अस्पताल सुधारको विषयमा अन्र्तक्रिया

दोलखा/दोेलखा सदरमुकाम चरिकोट स्थित पशुुपति चौँलागाई स्मृति प्रादेशिक अस्पतालको गुुणस्तर सुधारका लागि समस्या र चुुनौती विषयक एक दिने अन्र्तक्रिया सोमवार सम्पन्न भएको छ ।
कार्यक्रममा मन्तव्य व्यक्त गर्नुहुुदै बागमति प्रदेशका स्वास्थ्य मन्त्री किरण थापामगरले प्रदेश अन्र्तगतका अस्पतालहरु को सुुधारका लागि आफुले सक्ने प्रयत्न गरिरहेको बताउनुु भयो ।
बागमति प्रदेश सभाका सदस्य भरत बहादुुर केसीले स्वास्थ्य मानव जीवनको महत्वपूूर्ण पक्ष भएकोले स्वास्थ्य सेवामा नागरिकको सहज पहुुँच बनाउन प्रदेश सरकारले पहल गर्नुपर्ने बताउनुु भयो ।
पशुुपति चौँलागाई स्मृति प्रादेशिक अस्पताल सञ्चालक समितिका अध्यक्ष सुवास रिमालको सभापतित्वमा सम्पन्न अन्र्तक्रिया कार्यक्रममा अस्पतालका सहायक सुपरिटेन्डेन्ट रोशन आचार्यले अस्पतालको सेवा– सुविधाको बारेमा जानकारी गराउनुु भएको थियो ।
कार्यक्रममा मेलुुङ गाँउपालिकाका अध्यक्ष हिरा कुुमार थोकर, प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, पशुुपति चौँलागाई स्मृति प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट लक्ष्मण खड्का लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

सम्बन्धित समाचार