दोलखा/दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर– ७ मा रहेका ६ वटा विद्यालयका नौ सय भन्दा बढी विद्यार्थी र शिक्षकलाई न्यानो टोपी वितरण गरिएको छ ।
वडा नम्बर– ७ का वडा अध्यक्ष विनोद तमाङ र कोच नेपालका सिईओ सिमोन खत्रीको पहलमा सुुरु गरिएको प्रोजेक्ट न्यानो अभियान अन्र्तगत विद्यार्थी तथा शिक्षकहरु लाई न्यानो टोपी वितरण गरिएको हो । प्रोजेक्ट न्यानो अभियानले वडा नम्बर– ७ मै रहेको फुुर्वा लाफाङ गुम्बामा आवद्ध रहेका २० जना लामाहरुलाई पनि न्यानो टोपी वितरण गरिएको कोच नेपालका सिईओ सिमोन खत्रीले बताए ।
प्रोजेक्ट न्यानो अभियान अन्र्तगत भीमेश्वर नगरपालिका वडा नम्बर– २ मा रहेको फुलपा प्राथामिक विद्यालयका विद्यार्थी, शिक्षक र स्वास्थ्यकर्मी गरी ६० जनालाई समेत समावेश गरिएको खत्रीले बताए ।
जाडो मौसममा न्यानो टोपीले विद्यार्थी, शिक्षक र स्वास्थ्यकर्मीहरु लाई थोरै भएपनि राहत पुुग्नसकोस भनेर प्रोजेक्ट न्यानो सुुरु गरिएको खत्रीको भनाई छ ।
अभियानकै क्रममा वडा नम्बर– ९ मा रहेको बुुद्ध प्राथामिक विद्यालयका ४० भन्दा बढी विद्यार्थी तथा शिक्षकलाई न्यानो टोपी वितरण गरिएको खत्रीले बताए । बुुद्ध प्राथामिक विद्यालयमा वडा नम्बर– ७ का वडा अध्यक्ष विनोद तमाङको अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको थियो । अभियानमा सविता होल्डिङ काठमाडौँको अध्यक्ष सविता पाण्डे, समाजसेवी मिलन पाण्डे, सुप्रिया खड्का र लजना देसहरको समेत सहभागिता रहेको थियो ।
प्रोजेक्ट न्यानो अन्र्तगत अहिलेसम्म भीमेश्वर नगरपालिकाको वडा नम्बर– ७, ९ र २ का विद्यार्थी, शिक्षक, स्वास्थ्यकर्मी र लामाहरु गरी ११ सय जनालाई न्यानो टोपी वितरण गरिएको र यो अभियान क्रमशः जिल्ला भरीनै सञ्चालन गरिने कोच नेपालका सिईओ खत्रीले बताए ।
प्रतिक्रिया दिनुहोस्