अन्तरास्ट्रिय

दोलखा समाज जापानकाे तीज कार्यक्रम

रामचन्द्र गिरी

जापान/ दोलखा समाज जापानले प्रत्यक बर्ष आयोजना गर्दै आएको तीजको दर विशेष कार्यक्रम यस बर्ष पनि आयोजना गरेकाे छ । विदेशी भुमीमा रहेर पनि आफ्नो देशको चाडपर्व मनाएर घर परिवारमा जस्तै खुसी साटासाट गर्न कार्यक्रम आयाेजना गरिएकाे दोलखा समाज जापानका अध्यक्ष रोशन थापाले बताउनु भयो ।

आईतबार आज टोकीयोको बुद्ध ओमोरी रेष्टुरेन्ट, सिनागावामा आयोजना भै रहेकाे समाजका महासचिव नारायण खड्काले जानकारी दिनु भयो । याे विभन्नि पेशा तथा व्यवसाय एवं अध्ययनका लागि जापान आएका दोलखालीहरु भेला भएर दर खाने कार्यक्रम रहेको बताइएको छ ।

हरितालीका तीज विशेषमा महिलाहरुलाई निःशुल्क दर खुवाईने र पुरुषलाई ४ हज़ार शुल्क तोकेको जनाईएकाे छ । कार्यक्रममा जापानमा रहेका दोलखाली दिदी बहिनी तथा दाजुभाईहरू काे सहभागिता रहेकाे समाजका महासचिव खड्काले बताउनु भयो।

सम्बन्धित समाचार