धर्म/संस्कृतिमुख्य समाचारयो पनिसमाचार

भीमेश्वर मन्दिरमा कालिबाबाको कोरा क्षमापुुजा

दोलखा/ विश्व प्रसिद्ध हिन्दुधर्म गुुरु १००८ बाबा कालिदास (कालिबाबा) ले शनिवार विश्व शान्तिको कामना गर्दै भीमेश्वर मन्दिरमा विशेष कोरा क्षमापुजा सम्पन्न गर्नु भएको छ ।
शनिवार दिउँसो करिब ३ बजे हेलिकप्टरबाट दोलखा सहर ओर्लनु भएको कालिबाबा दुुईघण्टा भीमेश्वर मन्दिरमा रहेर कोरा क्षमापुजा, साधना लगायत भक्तजनहरु संंग भेट गर्नुभएको थियो । उहाँ साँझ ५ बजे काठमाडौँ फर्कनु भयो ।
भीमेश्वर मन्दिर परिसरमा पत्रकारहरु संग सङ्क्षिप्त कुराकानि गर्नुहुुदै कालिबाबाले भीमेश्वरको शिलामा पसिना आएपछि राष्ट्रमा कुुनै अनिष्ट नहोस भनेर विशेष कोरा क्षमापुुजा गर्न आएको बताउनुु भयो ।
उहाँले नेपाललाई हिन्दुुराष्ट्र बनाउनुु पर्ने समेत बताउनुु भयो । सरकारले नेपाललाई हिन्दुु राष्ट्र बनाओस भन्दै कालिबाबाले अर्कोपटक नेपाल आउदा हिन्दुुराष्ट्रको रुपमा पुजा आराधना गर्न पाईने विश्वास व्यक्त गर्नुभयो ।
हिन्दुधर्म गुुरु १००८ बाबा कालिदास (कालिबाबा) ले भीमेश्वरको शिलामा पसिना आएपछि मुुलुुकमा प्लेन दुुर्घटना, अनादार, भ्रष्टाचार लगायतका गतिविधि बढेको समेत बताउनुु भयो ।


नेपालमा जन्मनु भएपनि उहाँ भारतमा वस्दै आउनुभएको छ । नेपाल र भारतका राजनीतिक नेताहरुले उहाँलाई अत्यन्त धेरै सम्मान गर्दै आएका छन् । कालिबाबा भीमेश्वर मन्दिर प्रवेश गर्नुुहुुदा दोलखा लगायत जिल्लाको बिभिन्न ठाँउबाट आउनुुभएका भक्तजनहरुले फुुलमालाले स्वागत गरेका थिए ।
पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाको विशेष निमन्त्रणामा नेपाल आउनुभएका हिन्दुधर्म गुुरु १००८ बाबा कालिदास (कालिबाबा) भीमेश्वर मन्दिरमा पसिना आएको थाहा पाएपछि दोलखा आउनुु भएको सामाजिक अभियन्ता प्रविण प्रधानले बताउनुु भयो ।


मुुलुकमा केही अनिष्ट हुुदा भीमेश्वरको शिलामा पसिना आउने जनविश्वास रहदै आएको छ । गत २०८१ साउन ५ गते शनिवार र साउन ९ गते बुधवार भीमेश्वरको शिलामा तीन पटक पसिना आएको थियो ।
कालिबाबासंग भारतिय जगतगुुरु, सन्तमहात्माहरु, बिशिष्ठ धार्मिक व्यक्तित्वहरु र पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापा समेत दोलखा आउनुु भएको थियो ।

सम्बन्धित समाचार