कृषि र सहकारीमधेशसमाचार

राना खोल्सी र शिजाली खोल्सिमा वृक्षारोपण

रौतहट/अक्सफार्म नेपालको आर्थिक सहयोग र ग्रामीण विकास केन्द्र नेपालको आयोजनामा सञ्चालित नेपालमा जलवायु परिवर्तन अनुकूलता तथा पैरवी परियोजना अन्तर्गत आइतबार वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।

चालू आर्थिक वर्षमा पहिलो पटक राना खोल्सी र शिजाली खोल्सिमा जैविक टटबन्धन गरिएका क्षेत्रमा चन्द्रपुर १ डाडारोलमा मिक मार्किको रखालको घरदेखि संगिता सिजालीको घरसम्म र चुरे डाडाको छेउछाउमा विभिन्न प्रजातिका ४१० वटा बिरुवा रोपिएका छन्। ती बिरुवाहरुमा कटहर, निम, तेजपात, सैजन, बकाइनो, बेल, अम्बा, तित्री, महग्नी, लिची, कागती आदि समावेश छन् ।

वृक्षारोपण कार्यक्रममा प्रगतिशिल प्राबिका अध्यक्ष नेत्र बहादुर सिजाली, प्रगतिशिल सामुदायिक वनका पदाधिकारीहरु, प्रगतिशिल कृषककी अध्यक्ष संगिता सिजाली लगायत ४० जनाको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमबारे जानकारी दिँदै आरडिसी नेपालकी ज्योति फुयालले यो प्रयास स्थानीय पर्यावरणीय सन्तुलन कायम राख्न र जलवायु परिवर्तन न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताइन् ।

यस प्रकारका परियोजनाहरुले जलवायु परिवर्तनको असरबाट बच्न र अनुकूलन गर्न मद्दत पुर्‍याउने विश्वास गरिएको छ। साथै, यसले स्थानीय बासिन्दाहरुलाई वृक्षारोपणमा सक्रिय सहभागिता गराउन प्रेरित गर्ने र वातावरण संरक्षण र भुक्ष्य र कटानलाई न्यूनीकरण गर्न योगदान पुर्‍याउने उद्देश्य लिएको छ।

सम्बन्धित समाचार