Uncategorizedबिचार / ब्लगराजनिति

नेपालमा कालमाक्र्स जीवित छन्

आनन्द प्रसाद पोखरेल
१९९० को दशकमा अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलन एकातिर बिघटन र बिसर्जनको अबस्थाबाट गुज्रेको थियो भने अर्कातिर ऊग्रपन्थता र जडसूत्रबादको चङ्गुलमा जकडिएको थियो । आन्दोलन रक्षात्मक थियो । रुस लगायत कतिपय मुलुकमा कम्युनिष्ट पार्टी धमाधम बिघटन भईरहेको थियो ।
यो बिषम परिस्थितीमा नेपाल लगायत बिश्व कम्युनिष्ट आन्दोलनको रक्षा र बिकास गर्दै माक्र्सवादकोे बिरोधि सम्राज्यबादी शक्तिको बिरुद्ध संघर्ष गर्दै कम्यननिष्ट आन्दोलनलाई बिचार, संगठन र राजनीतिको क्षेत्र बाट पुनर्गठन गर्नु पर्ने थियो । यो सच्चाईलाई आत्मासाथ गर्दै जननेता मदन भण्डारीले “बिसर्जनबाद र जडसूत्रबादको बिरोध गरौ ! माक्र्सवादको श्रृजनात्मक प्रयोग गरौ”!! भन्ने नारासहित माक्र्सवाद भित्र नयाँ आयम थप्दै जनताको बहुदलिय जनबाद ( उभयउभिक mगतिष्उबचतथ मझयअचबअथ ) सिद्धान्तको प्रतिपादन गर्नु भयो ।
जब उहाँले यो सिद्धान्त प्रतिपादन गर्नु भयो बिश्व कम्युनिष्ट आन्दोलनमा नयाँ सिराबाट बहसको शुरुवात भयो । कम्युनिष्ट आन्दोलन भित्रका देब्रे र दाहिनी शक्तिहरुमा नयाँ आतंक श्रृजना भयो । शुरुमा यसलाई पचाउन गार्हो भयो । तर नेपालमा यो सिद्धान्त कम्युनिष्ट आन्दोलनको मुल प्रबाह हुदै निर्बाचन मार्फत सर्बाहारा–श्रमजीबि बर्ग राज्यसत्ताको हिस्सा बन्न सफल भयो । बहुदलिय प्रतिस्प्रधा मार्फत नेपालको कम्युनिष्ट पार्टी एमालेले सरकारको नेतृत्व गर्न सफल भयो । हिजो सामान्ति पुँजीबादीहरुले श्रमजीबि बर्गलाई दबाउन प्रयोग भएका लोकतन्त्रका बिशेषतालाई मदन भण्डारीले जनताको बहुदलिय जनबादको १४ बिशेषताको रुपमा १. संविधानको सर्वोच्चता, २. बहुलवादी खुला समाज, ३. शक्ति पृथकीकरणको सिद्धान्त, ४. मानवअधिकारको रक्षा, ५. बहुदलीय प्रतिस्पर्धाको प्रणाली, ६. आवधिक निर्वाचन, ७. बहुमतको सरकार र अल्पमतको विपक्ष, ८. कानुनको शासन, ९. जनताको जनवादी व्यवस्थाको सुदृढीकरण, १०. विदेशी पुँजी र प्रविधिको लगानी, संरक्षण र उपयोग, ११. क्षतिपूर्ति, १२. विदेश नीति, १३. नेतृत्व र अधिनायकत्व, १४. जनताको बहुदलीय जनवाद भनि परिभाषित गर्नु भयो ।
अहिले यो मान्यता नेपालको सिगों कम्युनिष्ट आन्दोलनको मेरुदण्डको रुपमा बिकसीत भैरहेको छ । बित्तिय एकाधिकार पुंजीबादले लोकतन्त्रको नाममा जनता ठग्ने हतियारको रुपमा प्रयोग गरिएको यि बिषय अहिले जबजको बिशेषता बन्यो । आबधिक निर्बाचन पुँजीबादीहरुको मात्र प्रतिस्पर्धा सम्झने बुर्जुवा पुँजिबादीहरुले अब कम्युनिष्ट पार्टीसंग पनि प्रतिस्पर्धा गर्नुपर्ने भयो । कम्युनिष्ट पार्टीलाई एकदलिय निरंकुश तानशाहा भनेर सत्तो सराप गर्ने बुर्जुवाहरु पनि माक्र्सवादीसंग प्रतिशप्रर्धा गर्नु बाध्यतामा पुगे । निर्बाचन मार्फत पुँजीपन्थिको हातबाट आबधिक राजनीतिक सत्ता कम्युनिष्ट पार्टीको हातमा निर्बाचन मार्फत आएको छ । यो योगदान बिश्व राजनीतिक मन्चमा नेपाल कम्युनिष्ट पार्टीका तत्कालिन महासचिब जननेता मदन भण्डारीको हो ।
जेष्ठ ३ गते २०५० का दिन कमरेड मदन भण्डारी र कुशल संगठक जिबराज आश्रतिको चितवनको दास ढुगांमा रहस्यमय जीप दुर्घटनामा परेर मृत्यु भएको ३१ बर्ष बितेको छ । दिबंगत कमरेडहरु प्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु ।
आज जबजको सिद्धान्त नेपाली कम्युनिष्ट आन्दोलनको मार्गदर्शक सिद्धान्त बनेको छ । बिज्ञान र प्रबिधीको अभुतपुर्ब बिकासको कारण संचार मार्फत बिश्व सानो गाउँ जस्तो छ । कम्प्युटरको बिकास, डिजिटलाईजेसन र एआईको बिकासले उत्पादनका साधन र उत्पादक शक्तिमा ब्यापक फेरबदल आएको छ । यस कारण बर्ग, बर्गसंघर्षका रुपहरु फेरीएकाछन । आजको लडाई पृथ्बीमा मात्र नभएर स्पेसमा समेत हुदुछै । हिजको परम्पराबादी युद्धको ठाउँ आणबिक युद्धले लिदैछ । त्यसैले नेपाल लगायत बिश्वको कम्युनिष्टहरुले ब्यालेटको युद्ध मार्फत सामन्तको अबशेषहरु दलाल नोकरशाहि पुँजीबाद र बैदेशीक साम्राज्यबादी हस्तक्षेपको बिरुद्ध संघर्ष गरेर उनीहरुलाई पराजित गर्नु हो । यो लडाई जित्ने हतियार भनेको ब्यालेट हो । निर्बाचन रुपी बर्ग संघर्ष हो । कम्युनिष्ट आन्दोलनमा यो सिद्धान्तको प्रतिपादक र प्रणनेता जननेता मदन भण्डारी हुनुहुन्छ । अन्तमा जाँदाजादै १९९१ मे २७ मा अमेरीकाको न्युजविक पत्रिकाले मदन भण्डारीको बहुचर्चित अन्तरबार्ता प्रकाशित गरेको थियो । जसको शिर्षक क्ष्ल ल्भउब िप्बच िःबचह’क ष्खिभक रहेको थियो । २०४८ सालको आम निर्बाचनमा नेकपा एमालेले महत्वपुर्ण सफलता हातपारेपछि बिश्वको कम्युनिष्टी बिरोधी एकाधिकार पुँंजीबादी चकित भए । बिश्वमा कम्युनिष्ट र माक्र्सवाद सिद्धिएको वा मृत्यु भएको भनेर गीत गाईरहेको बेलामा नेपालमा एमालेले यो अपूर्व सफलता प्राप्त गरेको थियो । कम्युनिष्टहरु पुन संगठित हुदै थिए । एकताबद्ध हुदै थिए । माक्र्सवादको श्रृजनात्मक प्रयोगले सार्थकता प्राप्त गर्दै थियो । नचाहेर पनि पुँजीबादीहरुले नेपालको कम्युनिष्ट आन्दोलनको उपल्ब्धी र प्रगतिलाई स्विकार गर्दै यो अन्तरबार्ता प्रकाशन गरेको थियो ।
त्यसैले भन्न सक्छौ– मदन भण्डारीले आधुनिक माक्र्सवादको बिकासमा माक्र्स, एंगेलस, लेलिन र माओ पछि पाँचो योगदान दिनु भएको छ । यसको लागि महत्वपुर्ण व्यक्तिको रुप कमरेड मदन भण्डारीलाई लिनु पर्दछ । जसको बैचारिक योगदानको कारण विश्व कम्युनिष्ट आन्दोलनले नयाँ उर्जा प्राप्त गरेको छ ।
(पोखरेल नेकपा एमालेको पोलिटब्युरो सदस्य एवं काठमाडौँ जिल्ला इन्चार्ज हुनुहुन्छ)

सम्बन्धित समाचार