मुख्य समाचारयो पनिसमाचार

बालिका छोरीसंग एउटै कोठामा भेटेपछि हत्या

दोलखा\झण्डै ढेड महिना अघि मृत फेला परेका दोलखा शैलुङ गाँउपालिका वडा नम्बर– ४ मागापौवाका १८ बर्षिय युवकको हत्या मृतकको प्रेमीकाको परिवारले गरेको खुलेको छ ।
गाँउकै एउटा मेलामा चिनजान भएको १६ बर्षिय दलित बालिकासंग मृतक १८ बर्षिय भिष्म भण्डारीको प्रेम सम्बन्ध बनेको थियो । भण्डारीलाई आफ्नो छोरीसंग एउटै कोठामा भेटेपछि बालिकाको बुबा शैलुङ गाँउपालिका वडा नम्बर– ५ काटाकुटीका पुष्कर नेपाली, काका इश्वर दर्जी र नेपाली सेनामा कार्यरत दाजु विशाल नेपालीले धारीलो हतियार प्रहार गरी विभत्स हत्या गरेको दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दिपक खड्काले बताउनु भयो ।
गत पुष ११ गते हत्यागरीएको मृतक भिष्म भण्डारीको विभत्स शव पुष १६ गते भेटिएको थियो । मृतकको टाउको छुट्टाईएको, नाक काटेको, औला छिनेको अवस्थामा शव फेला परेको थियो ।

मृतक भिष्म भण्डारी
पुष १६ गते शव भेटिएपछि दोलखा प्रहरीले बागमति प्रदेश प्रहरी र सिआईबिको समेत सहयोगमा अनुसन्धान सुरु गरेको थियो । सो क्रममा माघको पहिलो साता बालिकाको बुबा, काका, दाजु लगायतलाई पक्राउ गरी सोधपुछ गरेको थियो ।
भिष्म भण्डारीलाई बालिका छोरीसंग एउटै कोठामा भेटेपछि बुबा लगायतले उनलाई घरबाट निकालेर छोरीलाई घरभित्रै चुक्कुल लगाई थुनेका थिए । सो क्रममा मृतक भण्डारीले प्रेमीकाको बुबा पुष्कर र काका इश्वरसंग विवाद गरेपछि काका इश्वरले घरबाट धारीलो हतियार ल्याई भिष्ममाथि प्रहार गरेको प्रहरी नायव उपरीक्षक खड्काले बताउनु भयो ।
धारीलो हतियारको प्रहारबाट घाईते भएका भिष्मलाई केही पर धारामा लगेर बालिकाको बुबा पुष्कर र इश्वरले टाउको गिडेका थिए । त्यसरी भण्डारीको विभत्स हत्या गरेपछि बालिकाको बुबा पुष्कर र काका इश्वरले बालिकाको दाजु विशालको समेत सहयोगमा शव नजिकको बजिनिको खोल्सामा फालिदिएको प्रहरी नायव उपरीक्षक खड्काले बताउनु भयो । टाउको गिडेपछि बालिकाको बुबा पुष्करले मृतकको शरिर बोकेको र काका इश्वरले टाउको बोकेर विशाल समेतको सहयोगमा बजिनिको खोल्सामा लगेर फालेका थिए ।
आईतवार दोलखा प्रहरीले हत्यामा संलग्न तीन जनालाई सार्वजनिक गरेको छ । उनीहरुलाई सोमवार अदालत पेश गर्ने तयारी रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार