बिमला बुढाथोकी
पत्रकार समाजको चौथो अङ्ग भनेर परिभाषित भईरहँदा गर्व लाग्छ । सायद आफु पनि पत्रकार भएर होला । मैले पत्रकारिता गरेर कसैको चुलो बलेन होला, कसैको छाक टार्न सकिन होला, गरिब दुखिको चुहिएका घरमा छानो छाउन सकिन होला । तर मैले बोलेका अनि चलाएका कार्यक्रमले महत्वपूर्ण स्थान भने पाएकै थियो ।
पत्रकारिता पेशा मेरो बाध्यता थिएन रहेर थियो । त्यहि रहरले दोलखाको रेडियो शैलुङसम्म डो¥यायो र लामो समय रेडियो शैलुङ मार्फत साझाबोली, भन्छिन आमा जस्ता लोकप्रिय कार्यक्रम चलाउदै ईक्वल एक्सेस जस्तो ब्रान्डेड संस्थासँग जोडिन पाए । यसले आफ्नो छुट्टै पहिचान अनि चिनारी बनाउन सघायो ।
अझै पनि मेरो आवाजलाई माया गर्नुहुने प्रिय स्रोताले रेडियो किन छोडेको ? त्यो कार्यक्रम बन्द भएको हो र ? जस्ता प्रश्नहरु गरिरहन्छन् । यसले मेरो मन चसक्क चस्किन्छ । पत्रकारिता गर्ने रहरले र पत्रकारिता गर्ने मेरो क्षमताले मलाई पत्रकार बन्न सघायो । तर बाध्यता बस साँढे आठ बर्ष भन्दा बढी यो पेशालाई अघि बढाउन सकिन । समय दिन सकिन ।
२०७७ साल चैत २८ गते पत्रकार महासंघको चुनावमा उम्मेदवारी दिएँ । धेरै मत पाएर सहसचिव जस्तो गरिमामय पदमा निर्वाचित पनि भएँ । धेरै उत्साह थियो मनमा । राम्रा काम गर्छु भन्ने लागेको थियो । तर समयले साथ दिएन, मेरो बाध्यताले मलाई अर्कै पेशातिर डो¥याउदै लग्यो । उत्साह र सम्मान साथ विजयी भएको पदमा रहेर मैले सोचेका कामहरु पनि गर्न सकिन र आफ्नो रहरको पेशा पत्रकारितालाई पनि अगाडि बढाउन सकिन । जिन्दगीले अर्कै ठाँउतिर मोडिदिएको यो परिवेश सम्झिएर नराम्रो लाग्छ ।
मेरो आफ्नै जीवन छ । पत्रकारिता गरिरहदा पनि दुख शुख पेट पालिरहेको नै थिएं । रमाईरहेको नै थिँए । तर खै किन हो । रहरको पेशालाई त्यो भन्दा अघि बढाउनु उचित ठानिन । या भनौ समय, परिस्थितिले पत्रकारिताको क्षेत्रमा अघि बढीरहेको मेरा पाईलालाई रोक्दै अन्तै मोडिदियो । र अन्ततः यो क्षेत्रबाट टाढिए ।
विषयगत हिसाबले बिबिएस उत्र्रिण गरेको मैले त्यो सर्टिफीकेटलाई सिरानीमा राखेर निदाउन मन लागेन । यहि क्रममा जिल्लाकै एक उत्कृष्ठ सहकारी एकीकृत फ्रेण्डसिप साकोसमा काम गर्न पुगेँ । अहिले करिब दुई बर्ष सात महिना भयो सहकारीमा काम गरेको । अहिले पनि सहकारीको कार्यक्रम सञ्चालन गर्ने अवसर प्राप्त हुन्छु । त्यसले म बोलीरहेकी छु । तर बोल्ने ठाँउ फरक छ । उतिबेला रेडियोको स्टुडियोमा गएर बोल्थे अहिले सहकारीको कार्यक्रम स्थलमा ।
मैले पत्रकारितालाई गतिका साथ निरन्तरता दिन सकिन, फरक क्षेत्रमा काम गर्दैछु । यसको मतलब पत्रकारितालाई ठ्याक्कै बिट मारेको भने पक्कै हैन । अहिले पनि गतिविधि भएका बेला सहकारीकै समाचार लेख्छु, बिभिन्न विषयसंग सम्बन्धित लेखहरु लेख्छु, कथा, कविता, गीत, गजल, मुक्तक पढ्छु र मूड भएको बेला साहित्यमा पनि कलम चलाउछु । टिकटक, इन्स्ट्राग्राम, फेसबुक जस्ता सामाजिक सञ्जालमा पनि पत्रकारिता, साहित्य र सामान्य ज्ञानसंग सम्बन्धित केही न केही विषय पनि पोष्ट गरिरहेको हुन्छु ।
काममात्र परिर्वतन गरेको छु । माया छ पत्रकारिता पेशाको, रहर छ पत्रकारिता पेशाको । कहि कोहीसंग परिचय गर्नु प¥यो भने अहिले पनि मेरो पहिलो प्राथामिकता पत्रकार, रेडियो शैलुङ र पत्रकार महासंघ नै हुन्छ । अनि धेरैले भन्नु पनि हुन्छ– र त आवाज कतै सुनेजस्तो ! साह्रै सुमधुर छ आवाज ।खुशी लाग्छ, पत्रकारितामा मेरो काम र आवाजको प्रशंसा हुदा । मनैदेखि भन्छु अहिले पनि म रेडियो शैलुङ र ईक्वेल एक्सेस संस्थाप्रति कृतज्ञ छु । म रेडियो शैलुङ र ईक्वेल एक्सेसकै उत्पादन हुँ । मेरो योग्यता, क्षमता र आवाजको तरङ्गमा अहिले पनि रेडियो शैलुङ र ईक्वेल एक्सेसकै अधिकार छ ।
दोलखा, पत्रकारहरूको उर्वर भूमी हो । दोलखामा पुरुषकै हाराहारीमा पत्रकार महिलाहरु पनि कार्यरत छन् । विशेषगरी रेडियोहरुमा पत्रकार महिलाको सहभागिता उल्लेखनिय र प्रशंसनिय छ । सबै पत्रकार महिला साथीहरु आ– आफ्नो मिडियामा अव्यस्त छन् समाचार बनाउन, पढ्न, अन्र्तवार्ता गर्न, रिर्पोट बनाउन कार्यक्रम चलाउन । खुशी लाग्छ । तर जब आफुलाई नियाल्छु मन भारी हुन्छ । बाध्यताले, रहरले वा परिस्थितिले म अहिले पत्रकारितामा प्रत्यक्ष जोडिन पाएको छैन ।
पत्रकारितामा सक्रिय नहुदाको पीडा छ मेरो मनमा । दोलखा जिल्ला सडक दुर्घटनाको हिसाबले जोखिमको जिल्ला हो । यहाँ सडक दुर्घटना भैनै रहन्छ । म जतिबेला पत्रकारितामा सक्रिय थिए सडक दुर्घटनाका धेरै समाचार लेख्ने, पढ्ने गर्थे ।
केही दिन अघिमात्र चर्नावतिमा भएको मोटरसाईकल दुर्घटनाको विषयमा केही कुरा सुने । मोटरसाईकल दुर्घटनाको कारण एक व्यक्तिको मृत्यु भयो । ४०÷४२ बर्षको एक महिलाको सिन्दुर पुछियो । अनि दुई कलिला बाल बच्चाको खम्बा ढल्यो । यस्तो अवस्थामा जो कोहि बिक्षिप्त हुन्छ नै । मृतकको आफन्त, परिवार बिक्षिप्त नहुने कुरै भएन । यो घट्नाको विषयमा आफन्त, परिवारले धेरै विषयमा गुनासो गर्नु भयो, पीडा पोख्नु भयो । तर मैले त्यो विषय लेख्न सकिन । किनभने म सक्रिय पत्रकारितामा भैन ।
जतिबेला म पत्रकारितामा सक्रिय थिए, सबैले सम्मान गरेको महशुस हुन्थ्यो किनभने मैले हरेक पीडामा कलम चलाउथे । पत्रकारहरुले पीडितको पक्षमा कलम चलाउनु पर्छ भन्ने मेरो मान्यता रहेको छ । तर अहिले पत्रकारहरुको विषयमा गुनासा सुनिने गरेका छन् । मानिसहरु त्यो पनि पत्रकार, त्यस्ता पनि पत्रकार हुन्छन् भन्दै कुरा काटिरहेका हुन्छन् । आम मानिसको यस्ता तितो अभिव्यक्तिले मन चसक्क हुन्छ ।
मैले सक्रिय पत्रकारिता गरेको छैन त्यसैले म सर्वसाधारण नागरिक हो । फेरि पनि मेरो माग भनेको पीडामा परेका मानिसले न्याय पाउनु पर्छ भन्ने नै हो । र पत्रकारिताको मुख्य उद्देश्य पनि समाजमा भएका घट्नाहरुलाई सत्य, तथ्य र निष्पक्षताको आधारमा उजागर गर्नु नै होला । कुनै पनि विषयको रिर्पोटिङ हतारमा गर्ने र बद्नामि कमाउने काम उचित हुदैन जस्तो लाग्छ ।
पत्रकार सुचनाको संवाहक हो । राष्ट्रको गहना हो । स्वतन्त्र बक्ता हो । त्यसैले पत्रकारले सत्य, तथ्य र निष्पक्षमा समाचार, सुचना सम्प्रेशन गरौ र हरेक पत्रकारलाई आफ्नो पेशा प्रति गर्व लाग्ने अवस्था निर्माण गरौ । अरुले चाहेर वा अरुको कारणले पत्रकारिता पेशा बद्नाम हुने हैन आफ्नो भूमिका र कर्मले असल वा खराब बनाउने हो ।
(बुढाथोकी नेपाल पत्रकार महासंघ दोलखा शाखाको उपसचिव हुनुहुन्छ)
प्रतिक्रिया दिनुहोस्