काठमाडौँ/नेपालको आर्थिक विकासमा महत्वपूर्ण प्रभाव पार्ने क्षेत्र के होला ? र यसमा छिमेकी मुलुकको भूमिका कस्तो हुनुपर्छ ? यो वहस आफैमा पेचिलो लाग्छ । यो वहसमा कतिले पर्यटन क्षेत्र भनेका छन्, कतिले जलश्रोत भनेका छन् भने कतिले कृषि क्षेत्र प्रमुख हो भनेका छन् ।
फाउण्डेशन फर ट्रान्स हिमालयन रिर्सच एण्ड स्टडी र फ्रेण्डस् अफ स्कील रोड क्लब नेपालले काठमाडौँमा आयोजना गरेको ‘विश्व परिवेशमा चीनको अर्थतन्त्र र नेपालमा त्यसको प्रभाव’ विषयक अन्र्तक्रिया कार्यक्रममा पनि यो वहसले प्राथामिकता पाएको छ । कार्यक्रमका विशेष अतिथि नेपालको लागि चिनिया राजदुत चेन सङले नेपालको आर्थिक विकासको लागि कृषि क्षेत्रमा धेरै संभाव्यता देखिएको बताएका थिए । नेपालले विजुली बेचेर आम्दानी गर्छौ भन्ने कुरा विश्वसनिय नरहेको राजदुत चेन सङको भनाई थियो । नेपालले भारतलाई विजुली बेचेर १० अर्ब कमाउने तर भारतबाटै विजुली किन्न १९ अर्ब खर्च गर्ने गरेको तथ्याङ्क प्रस्तुत गर्दै राजदुत चेनको प्रश्न थियो– यसबाट नेपाललाई कसरी फाईदा भयो ?
राजदुत चेनले नेपालले गुणस्तरीय कृषि उत्पादनलाई प्राथामिकता दिए चीनले जतिपनि खरीद गर्ने बताएका थिए । नेपालको दुई ठूला छिमेकी मुलुक हुनु उपयोग गर्नसक्दा ठूलै अवसर भएको राजदुत चेनको भनाई थियो । उनले नेपालसंग निर्यातजन्य वस्तु नभएकै कारण पनि चीनले बनाई दिएको ड्राई पोर्ट र वन्दरगाह प्रयोग विहिन भएको टिप्पणी समेत गरेका थिए । चीनको आर्थिक विकासको उदाहरण दिदै राजदुत चेनले भनेका थिए– चीनको विकास खुलापन र बजार अर्थतन्त्रबाट भएको हो, दुई दशक चलेको आर्थिक राजनीतिक व्यवस्थाले चिनिया अर्थतन्त्रको मजबुद जग बसेको हो ।
कार्यक्रममा प्रमुख अतिथि सभामुख देवराज घिमिरेले नेपालले चीनको बिआरआई र अमेरीकाको एमसिसिबाट लाभ लिनसक्नुपर्ने बताएका थिए ।
फाउण्डेशन फर ट्रान्स हिमालयन रिर्सच एण्ड स्टडीका अध्यक्ष पूर्व मन्त्री आनन्दप्रसाद पोखरेलको सभापतित्वमा सम्पन्न अन्र्तक्रिया कार्यक्रममा डा. कल्याण रोकाले विश्व परिवेशमा चीनको अर्थतन्त्र र नेपालमा त्यसको प्रभाव विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए भने त्यसमा टिप्पणी पूर्व राजदुत महेन्द्र पाण्डे र डा. भरत पोखरेलले गरेका थिए ।
कार्यक्रममा राष्ट्रय सभाका सदस्य एवं पूर्व परराष्ट्र मन्त्री डा. विमला राई पौडेल, प्रतिनिधि सभा सार्वजनिक लेखा समितिका सभापति ऋषि पोखरेल, बागमति प्रदेश सभाका उपसभामुख अप्सरा चाँपागाई लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्