गीत
सम्राट चाैलागाई
दियो बल्छ मुस्कुराउदै झम्के साँझैमा
पुच्छर बाली जुनकिरी आउँछ माझैमा।
औँसिको राती पनि आफ्नै छाँया खोज्नु छ
डर लागि भाग्दै- भाग्दै कहिले काहाँ पुग्नु छ।
बाटो पनि बिरानो छ सुनसान छ सहर
सपनाको खोजी गर्दै भयो बिहानको प्रहर।
घोची रहे नयाँ पुराना जिउने प्यारा बहानाले
सानो इच्छा सानो खुसी अनि रङ्ग फेरे चाहनाले।
बिसाउनु भेटिन्छ कि यो जिन्दगीको गह्रौ यात्राको
त्यही बसि आँसु झारी बग्थे मेरा पीडा यो मनको।
प्रतिक्रिया दिनुहोस्