अन्तरास्ट्रियमुख्य समाचारसमाचार

तियानमेन स्क्वायर: सपनाकाे चाेक

चिन/ विश्वकै सबैभन्दा ठूलाे खालिठाँउ मानिएकाे चिनकाे राजधानि बेइजिङकाे केन्द्र तियानमेन स्क्वायर विश्वभरीका पर्यटककाे सपनाकाे चाेक बनेकाे छ ।

याे चाेकमा दैनिक ३० देखि ५० हजारसम्म पर्यटक जम्मा हुने गरेकाे बेइजिङका टुरिष्ट गाईड लिनले बताउनु भयाे । यहि ठाँउमा विश्व कम्युनिष्ट आन्दाेलनका महान नेता अध्यक्ष माओकाे स्मारक रहेकाेले पनि यहाँ दैनिक हजाराै मानिस पुग्ने गरेका छन् – लिनले भन्नुभयाे ।

मेराे सपनाकाे चाेक हाे तियानमेन स्क्वायर उजुक्वेस्तानका शेखरजाेड एडेकेभाेमले भन्नुभयाे – यहाँ आएपछि थाहा भयाे याे साच्चै साेचेभन्दा बढी महत्वपूर्ण र सुन्दर रहेछ ।

नाईजेरीयाका ब्राईड पनि तियानमेन स्क्वायर निक्कै सुन्दर रहेकाे बताउनु हुन्छ । यसकाे बारेमा केही नमिठाे चर्चा सुनेकाे थिए तर याे धेरै राम्राे ठाउँ छ – ब्राईडले भने ।

अध्यक्ष माओकाे स्मारक रहेकाे मेमाेरीयलहल उनकाे मृत्यु भएकाे एकबर्षपछि सन् १९७७ सेप्टेम्बर ९ तारीख देखि खुला गरिएकाे थियाे । मेमाेरीयल हल खुलागरेपछि पर्यटकहरू झन बढ्न थालेकाे यहाँका बासिन्दा बताउछन्।

काेराेना महामारी अघि दैनिक ८० हजारसम्म पर्यटकले तियानमेन स्क्वायरकाे भ्रमण गरेकाे टुरिष्ट गाईड लिनले सुनाउनु भयाे ।

चार लाख ४० हजार बर्गमिटरमा फैलिएकाे तियानमेन स्क्वायरमा ५ लाख भन्दा बढीमानिस एकैपटक उभिन सक्ने ठाउँ रहेकाे लिनले बताउनु भयाे । तियानमेन स्क्वायरकाे मुख्य आकर्षण अध्यक्ष माओकाे स्मारक तथा मेमाेरीयल हलसंगै जनताका नायकहरूकाे स्मारक, चिनकाे राष्ट्रिय संग्राहलय र जनताकाे ठूलाे हल पनि हाे – टुरिष्ट गाईड लिनले भन्नू भयाे ।

तियानमेन स्क्वायरमा प्रवेश गर्न निशुल्क गरिएकाे छ । यसकाे लागि अघिल्लाे दिननै जानकारी गराउनुपर्ने र विहान ८ बजेदेखि १२ बजेसम्म पुगिसक्नुपर्ने नियम रहेकाे छ । तर संगैकाे फाेविडन सिटी घुम्न भने ६० आरएमबी शुल्क तिर्नुपर्ने लिनले बताउनु भयाे ।

सन् १९८९ मा तियानमेन चाेकमा भएकाे विराेध प्रर्दशनकाे घट्नामा धेरै मानिस मारिएपछि त्यसकाे आलाेचनासंगै तियानमेन चाेककाे चर्चा थप विश्वव्यापि बनेकाे थियाे ।

अहिले याे चाेक सरसफाई, सुरक्षा र आकर्षणकाे लागि विश्वकाे उत्कृष्ट गन्तव्य मध्यकाे महत्वपूर्ण मानिन्छ । तियानमेन स्क्वायरमा भएका ऐतिहासिक महत्वकाे चिजहरूकाे सजावट, आकर्षक बगैँचा, संग्राहलय, माओ लगायतका स्मारक सबैकाे आकर्षणकाे केन्द्र बनेकाे छ ।चिनियाँ जनता त्याे घट्नालाई विर्सिएर तियानमेन स्क्वायरमा सरकारले गरेकाे व्यवस्थापन तथा ऐतिहासिक पक्षकाे संरक्षणकाे प्रशंसा गर्छन ।

तियानमेन स्क्वायर विश्वभरीका पर्यटककाे लागि सपनाकाे चाेक बन्नु महत्वपूर्ण छ, यसकाे संरक्षण र व्यवस्थापनमा चिनियाँ सरकारले गरेकाे काम साच्चिनै प्रशंसनिय छ – टुरिष्ट गाईड लिनले भन्नू भयाे ।

सम्बन्धित समाचार