कला / साहित्यमनोरन्जनयो पनि

भोली जाँने घाटमै हो

सम्राट चौलागाई

बोझले थिचेको मन, हाँसेर के फरक पर्छ र

पिसेपनि, उसिनेपनि, चनालाई के फरक पर्छ र

मृत्यु हो अन्त्य भन्ने, कसलाई याद छैन र

निमोठी वा चिमोठी, आखिर दुख्ने हैन र

शिरमा छ बोझै बोझ, निहुरी रहन्छ

उठाएर शिर तिम्रो सामु, हाँसेकै हैन र

तिमीले नराम्रो देखेकै छौ, म रोएर के फरक पर्छ र

बाटोको फुललाई राम्रो सोचेर, कुल्चे नि के फरक पर्छ र

भोली जाने घाटमै हो, अन्त कहाँ छ र

गएपछि हास्दै आउन,े यहाँ को नै छ र

तितो– मिठो सबै उस्तै, जिउन जान्नु रैछ

मिठो या नमिठो छान्दै, पिउन जान्नु रैछ

गोजी रित्तो भएपछि, अरुको धनले के नै गर्छ र

आफ्नो दुःखमा रमाउदै छु यहाँ, तिमीलाई फरक पर्छ र ?

सम्बन्धित समाचार