दोलखा/नेपाल बार एशोसिएसन दोलखा ईकाइले शनिवार दोलखाबाट निर्वाचित प्रतिनिधि सभा तथा प्रदेशसभाका सांसदहरुलाई सम्मान गरेको छ ।
दोलखा जिल्लाबाट प्रतिनिधि सभामा निर्वाचित सांसद गंगा बहादुर काकी र इश्वरी रिजाल तथा प्रदेश सांसदहरु भरत बहादुर केसी, कुन्दनराज काफ्ले, ठुला थामी र उर्मीला सुनुवारलाई शनिवार काठमाडौामा आयोजित एक कार्यक्रममा सम्मान गरिएको हो ।
त्यसैगरी इकाईले दोलखा घर भएका वरिष्ठ अधिवक्ताहरु लक्ष्मी प्रसाद उप्रेती, मुक्तिनारायण प्रधान, टंकप्रसाद दुलाल, मेघराज पोखरेल, देवराज शर्मा र शुभद्रा उप्रेतीलाई सम्मान गरेको छ ।
नेपाल बार एशोसिएसन दोलखा ईकाइका अध्यक्ष कृष्ण बहादुर बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा परराष्ट्रमन्त्री डाक्टर बिमला पौडेल, नेकपा एमालेका पोलिटव्युरो सदस्य आनन्द प्रसाद पोखरेल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा बरिष्ठ अधिवक्ता मेघराज पोखरेलको अध्यक्षतामा १३ सदस्यीय दोलखा कानुन व्यावसायी समाज गठन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्