शरद सापकोटा,दोलखा
हीरा दाई, हीरा भाई, हीरा बाबु भनेर सबैले सम्बोधन गर्ने सबै उमेर समूहका बीचमा चर्चित हीरा थोकर मेलुङ गाउँपालिका दोलखाका अध्यक्ष उम्मेदवार भएका छन्।
नेकपा एमाले दोलखाका सचिव समेत रहेका थोकरलाई पार्टीले सर्वसम्मत उमेदवार बनाएको छ।
जनताका काम सहज तरिकाले गरिदिने उनको बानीले उनी सबै बीच लोकप्रिय छन्।
पार्टी राजनीतिमा पूर्णकालीन भएर लागेका छन्, अहिलेसम्म पार्टीको नाम प्रयोग गरेर वा अन्य कुनै व्यवसायमा र क्षेत्रमा हात हालेका छैनन्।
आर्थिक कारोबार वा कुनैखाले खराब गतिविधिमा नलागेका कारण उनी सबैका विश्वासिला र प्यारा छन्।
पार्टीभित्रको चुनावमा निकै लोकप्रिय मत ल्याएर जितेका थोकर गाउँपालिकामा पनि सजिलै चुनाव जित्ने अवस्थामा रहेका उपसचिव धर्मेन्द्र मोक्तान बताउँछन्।
२०४३ सालमा अनेरास्ववियुको संगठनबाट राजनीति सुरु गरेका थोकरले ४७ सालमा पार्टीको संगठित सदस्यता पाएका थिए।
तत्कालीन मालेको भिलेज एक्टिभ ग्रुपमा आबद्द भएर पार्टी काममा सक्रिय भएका थोकर २०५२ सालमा एकीकरण पछिको नेकपा एमालेको घ्याङसुकाठोकर गाउँ कमिटीको उपसचिव बने।
५५ सालमा गाउँ कमिटी सचिव र ५९ सालमा तत्कालीन प्रजातान्त्रिक युवा संघ दोलखाको जिल्ला कमिटी सचिव बने।
६४ सालमा युवा संघ दोलखाको अध्यक्ष हुँदै पार्टी जिल्ला कमिटीको सचिवालय सदस्य समेत भए।
६६ मा युथफोर्स दोलखाको इन्चार्ज र ६७ मा युवासंघको केन्द्रीय सदस्य बने।
पार्टीलाई संकट पर्दा सतीसाल जस्तै भएर उभिने थोकर पार्टीमा स्वयंसेवी भूमिकामा लामो समय क्रियाशील रहे।
थोकर २०७१ सालमा जिल्ला खेलकूद विकास समितिका अध्यक्ष चयन भएर जिल्लामा खेलकूदका विभिन्न गतिविधि सञ्चालन गरे।
उनी २०७४ सालमा खेलकूद महासंघको केन्द्रीय सदस्य बन्न पुगे।
२०७४ सालको स्थानीय निर्वाचनमा लोकप्रिय मत ल्याएर वडा अध्यक्ष जितेका थोकर त्यही बेला गाउँपालिका अध्यक्षका दावेदार थिए।
२०७८ सालमा नेकपा एमालेको अधिवेशन बाट पार्टी सचिवमा लोकप्रिय मतले विजयी भएका थोकर हाल मेलुङ गाउँपालिकाको अध्यक्ष उम्मेदवार बन्न बनेका छन्
२०२८ साल माघमा जन्मेका थोकर आफूलाई विकासप्रेमी, मिलनसार र समन्वयकारी समाजसेवीका रुपमा परिचित गराउन चाहन्छन्।
पार्टीलाई संकट परेका बेला पार्टीको रक्षकको रुपमा उभिने थोकर गाउँपालिकामा यतिबेला निकै चर्चामा छन्।
प्रतिस्पर्धी गठबन्धका उमेदवार उनीसँगको प्रतिस्पर्धा भन्दा निकै पर छन्।
हीरा थोकरलाई उम्मेदवार बनाउनु भनेकै एमालेको जीत सुनिश्चित भएको मेलुङ १ का युवा दिनेश पाठक बताउँछन्।
आफूले चुनावमा शान्तिपूर्ण प्रतिस्पर्धा गर्न चाहेको तर यदि कुनै पक्षले अशान्ति मच्चाउन खोज्छ भने आफूपनि हातमा दही जमाएर नबस्ने थोकरको भनाई छ।
प्रतिक्रिया दिनुहोस्