दोलखा/कोरोना भाईरस कोभिड –१९ को तेस्रो लहर सुरु भएयता दोलखामा मंगलवार सर्वाधिक ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको दुई नगरपालिका तथा सात गाँउपालिकाहरुमा एक सय छ जनाको एन्टिजेन परिक्षण गर्दा ५० जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालय दोलखाका अनुसार त्यसरी संक्रमण पुष्टि हुनेहरुमा भीमेश्वर नगरपालिकाका १० जना, कालिञ्चोक गाउँपालिकाका चार जना, विगु र गौरीशंकर गाउँपालिकाका एक/एक जना, तामाकोसी र बैतेश्वर गाउँपालिकाका १७/१७ जना रहेका छन् ।
जिल्लामा हाल एक सय आठ जना महिला र एक सय १७ जना पुरुष गरी दई सय २५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । उनीहरु सबै जना होम आईसोलेसमा रहेको पनि स्वास्थ्य कार्यालय दोलखाले जनाएका छ ।
यसैबीच जिल्ला प्रशासन कार्यालय दोलखाले मंगलवार एक सूचना जारी गर्दै बुधवार देखि कार्यालयले प्रवाह गर्दै आएको शान्ति सुरक्षा र अत्यावसेक वाहेकका सबै सेवा पाँच दिनको लागि बन्द गरिएको जनाएको छ ।
कार्यालयका केहि कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएको र थप केहि कर्मचारीहरुलाई समेत कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिएकोले आगामि माघ १६ गते आईतवारसम्म को लागि कार्यालयबाट प्रवाह हुदै आएको शान्ति सुरक्षा र अत्यावसेक वाहेकका सेवा बन्द गरिएको जनाईएको छ ।
प्रतिक्रिया दिनुहोस्