दाेलखा/लागु पर्दाथ दुव्र्यसन तथा साइबरक्राइम सम्बन्धि ३ दिने सचेतना कार्यक्रम दोलखा सदरमुकाम चरिकोटमा सुरु भएको छ । प्रदेश युवा परिषद् बागमती प्रदेश, हेटौडाको आयोजना तथा चरिकोट मिडिया फाउण्डेसन दोलखाको समन्वयमा सुरु भएको कार्यक्रमको वागमती प्रदेश सासंद तथा पुर्व सामाजिक विकास मन्त्री सरस्वती वस्नेतले उद्घाटन गर्नु भयो ।
प्रदेश युवा परिषद्, वागमतीका सदस्य तथा कार्यक्रम संयोजक श्याम सुन्दर शिवाकोटीको अध्यक्षतमा भएको कार्यक्रमको उद्घाटन समारोहमा प्रदेश सासंद तथा पुर्व सामाजिक विकास मन्त्री वस्नेतले लागु पर्दाथ दुव्र्यसन तथा साइबरक्राइमका बारेमा युवाहरुलाई सचेत गर्नु आवश्यक रहेकोले वागमती प्रदेशका सबै जिल्लामा सचेतना अभियान सञ्चालन गरिने बताउँनु भयो ।
कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रदेश युवा परिषद्का सदस्य तथा कार्यक्रम संयोजक श्याम सुन्दर शिवाकोटीले युवाहरुलाई लागु औषध दुव्र्यसनबाट जोगाउन र साईबर क्राईमका बारेमा चेतना अभिबृद्धिका लागि कार्यक्रम सञ्चालन गरिएको बताउँनु भयो ।
कार्यक्रममा चरिकोट मिडिया फाउण्डेसनका अध्यक्ष जीवन लामाले फाउण्डेसनले विभिन्न निकायसँगको समन्वयमा विविध गतिविधि आयोजना गर्दै आएकोमा त्यसैले निरन्तरता स्वरुप यो कार्यक्रम आयोजना गरिएको बताउँनु भयो । यसै गरी कार्यक्रममा जिल्ला खेलुकद विकास समिति दोलखाका अध्यक्ष रोहितचन्द्र खड्काले युवा परिषद्ले सञ्चालन गर्ने सचेतनामुलक कार्यक्रमबाट युवाहरुलाईनै बढी फाइदा पुग्ने बताउँनु भयो । सोही अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रमेश खतीवडाले साइबरक्राइमका बारेमा जानकारी नहुँदा युवाहरु अन्जानमै सजायको भागीदार भईरहेकोले साइबरक्राइमबारे जानकारी राख्नु अति आवश्यक भएको बताउँनु भयो ।
युवा परिषद्ले बाग्मती प्रदेशको आर्थिक वर्ष ०७८/०७९ को स्वीकृत कार्यक्रम अनुसार दोलखामा लागु पदार्थ दुव्र्यसन तथा साइबरक्राइम सम्वन्धी कार्यक्रम सञ्चालन गरेको हो । सहभागीताहरुलाई जिल्ला प्रहारी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक भेषराज रिजाल र नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रमेश खतिवडाले लागु पर्दाथ दुव्र्यसन र साइबर क्राइमका बारेमा प्रशिक्षण दिनु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्