बागमतीसमाचारसुचना

फोनिज दोलखामा नयाँ नेतृत्व

दोलखा/नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्व मन्त्री पार्वत गुरुङले पत्रकारहरुको भूमिका र जिम्मेवारी ठूलो भएपनि केहि पत्रकाहरुले यसलाई गलत रुपमा प्रयोग गरेर बदनाम गराएको बताउनु भएको छ ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) दोलखाको चौथो सम्मेलनको मंगलवार उद्घाटन गर्नुहुदै गुरुङले पत्रकारहरु इमान्दार हुनुपर्ने बताउनु भयो ।
फोनिज दोलखाका अध्यक्ष प्रभु जिरेलको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा भीमेश्वर नगरपालिकाका प्रमुख भरतबहादुर केसी, मेलुङ गाँउपालिकाका प्रमुख नरबहादुर श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी टेकराज निरौला, प्रेस काउन्सील नेपालका सदस्य चिरञ्जीवी मास्के, नेपाल आदिवासी जनजाति पत्रकार महासंघका संघिय कोषाध्यक्ष अम्बरध्वज लामा, बागमति प्रदेश ईन्चाज समिर वलामी, बागमति प्रदेशका उपाध्यक्ष युवराज श्रेष्ठ, प्रेस युनियन दोलखाका कार्यबाहक अध्यक्ष गोकणप्रसाद भण्डारी, प्रेस सेन्टर दोलखाका अध्यक्ष शिवकुमार भुजेल, प्रेस चौतारी नेपाल दोलखाका सह संयोजक तारा बहादुर महत लगायतको सहभागिता रहेको थियो ।
चौथो जिल्ला अधिवेशनले अर्जुन तमाङको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्ष राजन थामी, सचिवमा धनराज तमाङ, सहसचिवमा गोविन्द थामी र कोषाध्यक्षमा लाक्पा शेर्पा चयन हुनु भएको । सदस्यहरुमा सुजन थामी, सुजिता घिसिङ, मुना गुरुङ र चण्डिका थामी चयन हुनुभएको छ ।
अधिवेशन उद्घाटनको अवसरमा फोनिज दोलखाले आयोजना गरेको आधारभूत पत्रकारिता तालिमका ३५ जना सहभागिलाई एमाले पोलिटब्युरो सदस्य एवं पूर्व मन्त्री पार्वत गुरुङ र भीमेश्वर नगरपालिकाका नगरप्रमुख भरत बहादुर केसीले प्रमाणपत्र वितरण गर्नु भएको थियो ।

सम्बन्धित समाचार