बागमतीमुख्य समाचारसमाचार

सिंगटी बजारमा जोखिम धेरै छ

दोलखा/दोलखाको सिंगटी बजारका वासिन्दा पानी दर्कन थालेपछि तामाकोसी नदीको सतह हेरेर रात कटाउने गर्छन् । पहिरोको जोखिममा रहेको तामाकोसी किनारको सिङ्गटी बजारमा बर्षाको बेला चारैतिरबाट जोखिम हुने स्थानिय बताउछन् ।
केहि दिन अघि चिनको तिब्बत पट्टी पहिरो गएर तामाकोसी नदीको सहायक नदी थुनिएपछि बाढीको जोखिमका कारण दुई दिन सिङ्गटीका स्थानिय अनिदो बस्नु परेको व्यवसायी अनिता खड्काले बताउनु भयो ।
बजार माथिको भीरबाट पहिरो खस्ने त्रास र तामाकोसी नदीमा बाढी आउने त्रासले हामी बर्षा हुन थालेपछि पानीको सतह हेरेर अनिदै रात कटाउने गर्छौ – अनिता खड्काले भन्नु भयो ।
स्थाई घर गौरीशङ्कर गाँउपालिका भएपनि अनिताको परिवार १८ बर्ष देखि सिंगटी बजारमै बसोबास गर्दै आउनु भएको छ । २०७२ सालको भुकम्प पछि सिंगटी बजारलाई उच्च जोखिममा राखेर स्थानान्तरणको कुरा गरिएको भएपनि आफुहरुको सम्पूर्ण झिटी गुन्टानै यतै भएकोले जोखिम मोलेरै पनि बस्न बाध्य हुनुपरेको अनिता बताउनु हुन्छ ।
विगत १२ बर्ष देखि सिंगटी बजारमा बस्दै आउनु भएको उर्मिला कार्की पनि बर्षा हुनथालेपछि तामाकोसी नदीको सतहमा पानी कति माथिसम्म आएको छ भनेर हरेरै रात कटाउने गर्नुहुन्छ । कोसी किनार आसपासै घर छ, सहत बढ्यो भने त जोखिम हुन्छ त्यसैले बर्षा धेर हुनथाले पछि निदाउनै सकिदैन – कार्कीले भन्नु भयो ।
चिनको तिब्बत पट्टी पहिरो गएर खोला थुनिदा पनि लताकपडा पोको पारेर भाग्ने तयारी गरेर बसेको उहाँले सुनाउनु भयो । सिंगटी बजारमा जोखिम धेरै छ तर अहिलेसम्म भुकम्पको बेला बाहेक बर्षाकै कारणले अप्रिय घट्ना भने बेर्होनु परेको छैन् – कार्कीले भन्नु भयो ।
सिंगटी बजारमा सडक तथा नाला निर्माण गरेको सोच्छन्द निर्माण कम्पनिले बर्षाको बेला नाला सफा नगरिदिदा पनि पानी बेल सडक हुदै घरतिर पस्दा जोखिम बढेको स्थानिय युवा लालकुमार पाठकले गुनासो गर्नु भयो । चाईनिजहरुले विद्यालय भवन निर्माणको लागि जमिन सम्माउने क्रममा निस्कीएको माटो सहि ढङ्गले व्यवस्थापन नगर्दा र निर्माण स्थल आसपास पहिरो नियन्त्रणको काम नहुदा पनि सिंगटी बजारमा जोखिम बढेको अर्का स्थानिय युवा नवराज पाठकले गुनासो गर्नु भयो ।
दोलखाको विगु गाँउपालिका वडा नम्बर ४ र कालिञ्चोक गाँउपालिका वडा नम्बर ३ मा पर्ने सिंगटी बजारमा झण्डै तीन सय घर धुरी रहेको छ । भुकम्पको बेला जिल्लामै सबैभन्दा बढी क्षति भएको यो बजारको संरक्षणको लागि पहिरो तथा बाढी नियन्त्रण गर्न संघिय तथा प्रदेश सरकारले अहिलेसम्म झण्डै १३ करोड बराबरको काम गरेको छ । सिंगटी बजार तथा अन्य स्थानमा पहिरो नियन्त्रणको लागि जालि तथा त्रिपाल खरीद गर्न ३० लाख भन्दा बढी खर्च गरिसकेको विगु गाँउपालिकाका अध्यक्ष युधिष्ठीर खड्काले बताउनु भयो ।
कालिञ्चोक गाँउपालिकाले पनि सिंगटी बजारमा नाला निर्माण र पहिरो रोकथामको लागि झण्डै डेढ करोडको काम गरेको अध्यक्ष विनकुमार थामीले बताउनु भयो ।
भुकम्प पछि सिंगटी बजारमा बाढी तथा पहिरो नियन्त्रणको लागि सबैक्षेत्रबाट काम भै रहेकोले विगतको जस्तो धेरै जोखिम नरहेको तर बर्षाको बेला सर्तकता भने अपनाउनै पर्ने विगु गाँउपालिकाका प्रमुख युधिष्ठीर खड्का बताउनु हुन्छ ।

सम्बन्धित समाचार