बागमतीबिचार / ब्लगशिक्षास्वास्थ्य

एकान्तवासमा पुस्तक साथी

कृष्ण वस्नेत

विगत एक वर्ष भन्दा बढी समय देखि विश्वले कोरोना भाइरसको महामारी खेपी रहेको छ । यो महामारीले विश्वको अर्थत्रन्त्र र विकासको गतिमा ठुलो असर पारेको छ । मानिसको ठूलो संख्यामा क्षेती भएको छ । अमेरीका, इटाली, चिन, भारत जस्ता देशहरुको स्वास्थ्य क्षेत्र ध्वस्त भएको छ । मानिसले उपचार पाउन सकेका छैनन् । नेपालमा पनि यसले गम्भीर समस्या ल्याएको छ भने धन र जन दुबै कुरामा ठूलो क्षेति पु¥याएको छ ।
नेपालमा पहिलो पटक २०७६ साल चैत्र ११ गतेबाट लकडाउन शुरु भयो । त्यसको करिव ६ महिना अघिबाट मुलुक सहज अवस्थामा फर्कियो । तर दास्रो पटक २०७८ साल वैशाख १६ गतेबाट पुनः लकडाउन शुरु भएको छ । यस लकडाउनमा मानिसहरु सकभर घरबाट वाहिरा ननिस्कने, निस्कदा माक्स प्रयोग गर्ने, वेलावेलामा सावुनपानीले हात धुने,सेनिटाइजर प्रयोग गर्ने रुघा, खोकी, ज्वारो आएमा तत्काल स्वास्थ्य संस्थामा सम्र्पक राख्ने, पोषिलो तथा झोलीलो कुरा पिउने र अन्य व्यक्तिको सम्र्पकबाट अलि टाढा रहने भन्ने कुरा राज्यले निर्देश गरेको छ ।
मानिस सामाजिक प्राणी हो । कलकडाउनमा वा एकान्तमा वस्न कठिन छ । मानिस एकै स्थानमा वस्नै सक्दैन । वसेर संभावना पनि छैन ।आर्थिक उपार्जन गर्नु पर्छ । व्यक्तिगत विकास गर्नु पर्छ । खालि दिमाग सैतानको घर भने जस्तै मानिसको मन, मष्तिस्कमा अनकौ कुरा खेल्छ । कहिले ज्वरो आए जस्तो, कहिले रुघाखोकी लागे जस्तो, कहिले जीउदुखे जस्तो, कहिले टाउको भारी भए जस्तो सोच आई रहन्छ । त्यसलाई सकारात्मक वनाउन मानिसले आफुलाइ व्यस्ता वनाउन जरुरी छ । आफूलाई इन्गेज गर्ने धेरै उपायहरु छन । घरको सफाई, घरमा खेल्न सकिने सामान्य गेमहरु, भान्सका काम, करेशा वारीको काम, खेतिका काम वा सामान्य दुरी कायम गरेर गर्ने काम वा अनलाइन काम गर्न सकिन्छ ।
यसको अतिरिक्त आफुलाई मन पर्ने पुस्तकहरु पढ्न सकिन्छ । पुस्तक ज्ञानको भण्डार हो । ज्ञानले सूचना दिन्छ । सूचनाले शक्ति प्रदान गर्दछ । पुस्तकहरु हामीसंग घरमा हुन्छन । घरमा छैनन भने साथीभाइसंग हुन्छन । साथीभाईसंग छैनन भने नजिकको पुस्तकालय जाउँ । बिभिन्न जिल्लामा रहेका सामुदायीक पुस्तकालय जाउँ । सामुदायीक पुस्तकालयहरुले स्वास्थ्यको मापदण्डा पुरा गरि पुस्तक उपलब्ध गराउने छन् ।(वस्नेत चरिकोटमा रहेको गौरीशङ्कर सामुदायीक पुस्तकालयको अध्यक्ष हुन्)

सम्बन्धित समाचार