दोलखा/दोलखा जिल्लामा शुक्रवार (आज) एक सय पाँच जना कोरोना संक्रमण मुक्त भएका छन् भने ९२ जना नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय दोलखाबाट प्राप्त तथ्याङ्क अनुसार शुक्रवार जिल्लाको भीमेश्वर नगरपालिकाका १७ जना पुरुष र २७ जना महिला गरी ४४ जना, तामाकोसी गाँउपालिकाका सात जना पुरष र १२ जना महिला गरी १९ जना, मेलुङ गाँउपालिकाका एक जना पुरुष, गौरीशङ्कर गाँउपालिकाका दुई जना पुरुष, कालिञ्चोक गाँउपालिकाका दुई जना पुरुष र सात जना महिला गरी नौ जना, शैलुङ गाँउपालिकाका छ जना पुरुष र चार जना महिला गरी १० जना तथा बैतेश्वर गाँउपालिकाका १५ जना पुरुष र पाँच जना महिला गरी २० जना संक्रमण मुक्त भएका छन् ।
शुक्रवार (आज) भीमेश्वर नगरपालिकाका १० जना पुरुष र १६ जना महिला गरी २६ जना, जिरी नगरपालिकाका एक जना पुरुष, विगु गाँउपालिकाका आठ जना पुरुष र ११ जना महिला गरी १९ जना, कालिञ्चोक गाँउपालिकाका १० जना पुरुष र १० जना महिला गरी २० जना, बैतेश्वर गाँउपालिकाका दुई जना पुरुष र एक जना महिला गरी तीन जना तथा तामाकोसी गाँउपालिकाका १४ जना पुरुष र नौ जना महिला गरी २३ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।
दोलखा जिल्लामा शुक्रवारसम्म आठ सय २४ जना सक्रिय संक्रमित रहेको र त्यसमा ४८ जना चरिकोट अस्पताल, जिरी, सिंगटी, तामाकोसी र बैतेश्वर अस्पतालको आईसोलेसनमा रहेको पनि स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्