दोलखा/दोलखामा शुक्रवार अहिलेसम्मकै सर्वाधिक ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चरिकोट अस्पतालमा रहेको पिसिआर प्रयोगशालामा दुई सय दुई जनाको स्वाव परिक्षण गरिएकोमा ५६ जना पुरुष र २९ जना महिला गरी ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको सवास्थ्य कार्यालय दोलखाले जनाएको छ ।
कोरोना संक्रमण पुष्टि हुनेहरु मा भीमेश्वर नगरपालिकाका १७ जना पुरुष र १४ जना महिला गरी ३१ जना, बिगु गाउँपालिकाका १५ जना पुरुष र दुई जना महिला गरी १७ जना, गौरीशंंकर गाउँपालिकाका दुई जना पुरुष, बैतेश्वर गाउँपालिकाका आठ जना पुरुष र दुई जना महिला गरी १० जना, तामाकोसी गाउँपालिकाका नौ जना पुरुष र १० जना महिला गरी १९ जना, मेलुङ गाउँपालिकाका एक जना पुरुष तथा कालिञ्चोक गाउँपालिकाका चार जना पुरुष र एक जना महिला गरी पाँच जना रहेका छन् । शुक्रवारसम्म जिल्लामा दोस्रो लहरको कोरोनाका चार सय १० जना सक्रिय संक्रमित रहेको पनि कार्यालयले जनाएको छ ।
थप १५ दिन निशेधाज्ञा
दोलखामा थप १५ दिन निषेधाज्ञा जारी गरिएको छ । जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला सङ्कट व्यवस्थापन केन्द्रमा भएको छलफल पछि स्थानिय प्रसाशनले जेठ १५ गतेसम्मको लागि निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञाको समयमा विवाह, ब्रतबन्ध, कुलपुजा लगायतका भिडभाड हुने सबै कार्यक्रम गर्न रोक लगाएको जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले बताउनु भयो ।
सम्बन्धित समाचार
-
सहकारी अर्थात सहकार्य
५ घण्टा अगाडी
जनकल्याण सहकारी संस्थाले विशेषगरी कृषि, पशुपालन, साना व्यवसाय, लघु उद्यम जस्ता व्यवसायीक तथा आर्थिक गतिविधिमा सहुलियत दरमा ऋण लगानी गर्दै[...][...]
-
वडा कार्यालय भवनको उद्घाटन
१ दिन अगाडी
दोलखा/दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर– ५ को वडा कार्यालय भवनको उद्घाटन शुक्रवार बागमति प्रदेशका सांसद भरत बहादुर केसीले गर्नु भएको[...][...]
-
सुरक्षित बैदेशीक रोजगारी सम्बन्धि अन्तरक्रिया
२ दिन अगाडी
दोलखा/ सदरमुकाम चरिकोटमा विहिवार सुरक्षित बैदेशीक रोजगारी सम्बन्धि एक दिने अन्र्तक्रिया कार्यक्रम आयोजना गरिएको छ ।सुरक्षित आप्रवासन सामी कार्यक्रम अन्र्तगत[...][...]
-
प्रेस काउन्सिलको ‘न्युज रुम’ मा रचनात्मक पत्रकारिता अभियान
३ दिन अगाडी
काठमाडाैँ/ प्रेस काउन्सिल नेपालले ‘न्युज रुम’ मा रचनात्मक पत्रकारिताको अभियान थालेको छ । काउन्सिलको गत साउन महिनामा बसेको बोर्ड बैठकले[...][...]
-
उज्यालो भविष्यबाट पत्रकार– साहित्यकार सम्मानित
६ दिन अगाडी
काठमाडौँ/उज्यालो भविष्य दोलखाको दशौ बार्षिक उत्सव तथा पाँचौ अधिवेशन बिभिन्न क्षेत्रका उत्कृष्ठ व्यक्तिहरुलाई सम्मान गर्दै काठमाडौँमा सम्पन्न भएको छ ।[...][...]
-
उप्रेती समाजसेवा समिति दोलखाको गठन
१ हफ्ता अगाडी
दोलखा/युवा व्यवसायी एवम् समाजसेवी राजेश उप्रेतीको अध्यक्षतामा उप्रेती समाजसेवा समिति दोलखाको गठन भएको छ । शनिवार पवित्र तीर्थ स्थल चर्नावती[...][...]
प्रतिक्रिया दिनुहोस्