११ बैशाख, काठमाण्डौ
नेकपा एमालेको १० बैशाखमा सम्पन्न केन्द्रीय कमिटीको बैठकले नेताहरुको जिम्मेवारी हेरफेर गरेको छ । दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकले केन्द्रीय कमिटीका नेताहरुको नयाँ कार्यविभाजन गरेको हो ।
जिम्मेवारी हेरफेर सँगै दोलखाका नेताहरुले थप नयाँ जिम्मेवारी पाउनुभएको छ । वागमती प्रदेशका अध्यक्ष रहनुभएका नेता आनन्द पोखरेललाई रसुवा जिल्लाको इन्चार्ज थपिएको छ भने दोलखा इन्चार्ज रहनुभएका सञ्चार मन्त्री पार्वत गुरुङलाई गाउँपालिका महासंघ र नेपाली भुपु सैनिक तथा प्रहरी सम्बद्ध संगठनहरुको इन्चार्जको जिम्मेवारी थपिएको छ । त्यसैगरी केन्द्रीय कार्यालय सचिव रहनुभएका इश्वरी रिजाललाई केन्द्रीय स्कुल विभाग सचिवको जिम्मेवारी थप गरिएको छ ।
केन्द्रीय कमिटीको नयाँ कार्यविभाजन तल हेर्नुहोला
प्रतिक्रिया दिनुहोस्