जानुका न्यौपाने
हामी महिला हौ, हामीलाई लिंग अनुसार अधिकार दिने प्रावधान छ तर कागजमा मात्र, भाषणमा मात्र, त्यस्तो हामीलाई चाहिँदैन । कम्तिमा हामीले हाम्रो क्रम, क्षमता र हैसियत अनुसार खुला प्रतिस्पर्धाको लागि जो जो योग्य छ सोही अनुसारको अवसर र सम्मान लिन र प्राप्त गर्न सक्नु पर्छ हरेक क्षेत्र, तह र स्थानमा ।
हुनत संवैधानिक रुपमा मुलुक संघीय संरचनामा गइसकेकोे छ । जँहा सात प्रदेशको मुख्यमन्त्रीमा महिला शुन्य संख्यामा । प्रदेश ३ मा मात्रै प्रदेश प्रमुख अनुराधा कोइराला नियुक्त भएकोमा त्यो पनि शून्यमा झारियो । अहिले संविधान र कानुनलाई दोष दिने कुनै ठाउँ नभएकाले होला अब हरेक राजनीतिक दल वा त्यसका भातृ संगठनहरु सबै महिला मैत्री भएको देखिंदैन भन्ने सुन्न पाइन्छ । यो त भयो राजनीतिक दलहरुको कुरा ।
अब कुरा गरौं जसले आफूलाई राज्यको चौथो अंगको रुपमा गर्वका साथ भन्ने गरेको छ । नेपालमा गणतन्त्र स्थापनका लागि ठूलो योगदान पु¥याएको थियो । राज्यमा सकारात्मक परिर्वतनका हरेक आन्दोलनमा अग्रपंक्तिमा रहेर काम गरिरहेको छ । सर्वसाधारण नागरिकको घर घरमा छिटो भन्दा छिटो सूचना प्रवाह गरिरहेको छ । भनिन्छ सूचना, सञ्चार र प्रविधिको युग हो यो २१ औं शताब्दी । त्यसैले पनि सञ्चारकर्मीको भूमिका अत्यन्तै प्रभावकारी रहेको छ । जसले सकारात्मक र सभ्य समाज निर्माणका लागि नागरिकलाई सू–सूचित गर्ने काम गरिरहेको छ । जहाँ कानुन कार्यान्वयन भयो कि भएन ? कहाँ संविधानमा उल्लेख भए अनुसार अधिकार हनन् भएको छ ? कहाँ अन्याय भएको छ भनेर व्यापक सवाल उठाउन र सरकार र सरोकारवाला निकाय, व्यक्ति, संस्था सबैलाई झकझकाउने भूमिका निर्वाह गरिरहेका हुन्छन् र नागरिकको पक्षमा लडिरहेका हुन्छन् ।
समाज परिर्वतनका संवाहक भनौं या खम्बा सञ्चारकर्मीहरुको पनि आस्थाका आधारमा नेकपासँग सम्वद्ध प्रेस संगठन छ । हालसालै भएका नियुक्तीहरुमा नाम पढ्न पाइन्छ सञ्चारकर्मीकै सूचनाको सहयोगले । जहाँ एकजना पनि महिला अर्थपूर्ण अर्थात महत्वपूर्ण जिम्मेवारीमा (संयोजक, इन्र्चाज के के …) बस्ने अवसर पाएको नाम पढ्न पाइन्न, विडम्वना । भर्खरै सम्पन्न भएका बागमती प्रदेशका विभिन्न जिल्लाहरुको सञ्चारकर्मीहरुको छाता संगठन नेपाल पत्रकार महासंघ जिल्ला शाखाहरुको सबैजिल्लामा भएका साधारणसभा÷अधिवेशनहरुमा प्रमुख पदमा कोही पनि देखिएनन् जसले मञ्चमा बस्ने हक राख्छ । अनि भर्खरै सम्पन्न बागमती प्रदेशको कार्यसमितिको दोस्रो साधारणसभामा पनि सोही नियति देखियो । त्यो मात्रै कहाँ हो र केन्द्रीय सञ्चारकर्मी महासंघ जुन नेपालभरिका सञ्चारकर्मीहरुको प्रतिनिधित्वमा गठन भएको हुन्छ त्यहाँ पनि कोही योग्य नठहरिएको वर्तमान अवस्थाको तस्विर हो ।
सञ्चारकर्मीहरुको संस्था त महिला मैत्री बनाउन नसकेको वास्तविकता हाम्रा सामु अझै रहेछ भने अब त्यस्ता सञ्चारकर्मीहरुले कति आफूलाई परिर्वतन गरे अनि समाजलाई कति भनेर अब देशभरका सञ्चारकर्मीहरुले मनन् र विश्लेषण गर्नु जरुरी छ । अझै पनि विभिन्न तह र कोणबाट सञ्चारकर्मीका अगुवाहरु जसले आफूलाई अग्रज ठान्नेले समीक्षा गर्नुपर्ने बेला आएन र ?
कुनै पनि महिला मूख्य जिम्मेवारी सम्हाल्न योग्य छैनन् त ? छैनन् भने किन ? त्यसको पछाडिको कारक तत्व के हो ? त्यसको जिम्मेवारी केही पनि अवसर नदिएर कोही कसैलाई पिछलग्गु बनाएर हिड्नेले सोच्ने कि नसोच्ने ? यसको जस अपजस लिन तयार हुने कि नहुने ? यो राष्ट्रिय सवाल हो । यो सवाल धेरै दिनदेखि क्रियाशील रहेका पत्रकार महिलाहरुको मुखबाट निस्किरहेको आवाज हो । भलै सबै सक्रिय छैनन तर त्यसमा पनि किन भन्ने त छँदैछ । तर पनि सक्रिय रुपमा आफ्नो पेशा नै पत्रकारिता बनाएर रातदिन नभनि लागेका पत्रकार महलिाहरुमाथि किन यत्रको ठूलो अपमान ?
त्यसैले राजनीतिमा संघर्ष गरिरहेका महिला वा अन्य क्षेत्रमा संघर्ष गरिरहेका महिलाहरु जो कोहिले पनि सफलताको लागि संघर्ष गरिरहँदा चर्को घामकै आवश्यकता हुन्छ, यदि शितल छहारी पाइयो भने बिचमै निदाउन सकिन्छ ख्याल गरौं । किनकि यदि महिलाको संविधान बनाउने, नीति निमार्ण गर्ने र कार्यान्वयन गर्ने ठाउँमा अर्थपूर्ण उपस्थिति रहेको भए सात प्रदेशमा कोही मूख्य पदमा अनिवार्य हुने नीति बन्थ्यो होला यो उदाहरण मात्र हो । त्यसैगरी पत्रकार महासंघमा पनि विधान बनाउने, कार्यविधि बनाउने, नीति बनाउने ठाउँमा महिलाको अर्थपूर्ण उपस्थिति रहेको थियो भने गणतान्त्रिक मूलुकको पत्रकार महासंघमा जिम्मेवार पदमा सक्षम महिलाहरुले जिम्मेवारी वहन गरिरहेका हुने थिए होलान सायद ।
किन मैले राजनीति र सञ्चारलाई जोडेको भने राजनीति देशको मूल नीति भनिन्छ त्यसमा त केहि सोचे जति परिर्वन भएन भनेर औला उठाउने तर सञ्चार क्षेत्र पनि त्यस्तो भएछ कि राजनीतिक दलहरु भन्दा भिन्न रहेन । महिलामैत्री व्यवहार भएन भनेर सामान्य दिमागले सामान्य रुपमा तुलना गरेर क्रियाशील, सक्रिय सञ्चारकर्मी महिलाहरुको विचारलाई अभिव्यक्त गरको मात्र हुँ । अन्यत्रको त कुरा परै छाडौं । कसले कसका लागि नारा लगाउने हो त्यो विज्ञहरुले विश्लेषण गरेका होलान नभए सर्वसाधारण नागरिकले महशुस गरिरहेका छन् अरु त सबै छर्लङ्ग छैदैछ । अब हेरौं खै कसका लागि कसले, कसरी कहाँ आवाज उठाएको हो भन्ने कुरा नेपाल पत्रकार महासंघ नेपालको सम्पूर्ण जिल्ला र केन्द्रको कार्यसमिति तथा पदाधिकारी छनौट गर्ने बेला आइरहेको छ परिणामले बताउला कि सञ्चारकर्मीहरु कति आफू परिर्वतन भएछन भनेर । कतै बहाना नबनाइयोस् कि कोही विवाह गरेर गए, कोही बच्चा जन्माएर प्रसुती विदामा छन्, कोही सक्षम छैनन् आदि इत्यादि ।
प्रतिक्रिया दिनुहोस्