मुख्य समाचारसमाचारसुचना

राष्ट्रिय मानव अधिकार आयोगको प्रवक्तामा सहसचिव पोखरेल

दोलखा/राष्ट्रिय मानव अधिकार आयोगका सहसचिव टीकाराम पोखरेललाई प्रवक्ताको जिम्मेवारी दिईएको छ । आयोगको प्रसाशन, योजना र आर्थिक विभागको जिम्मेवारीमा रहनु भएका पोखरेललाई विहिवार सचिव वेदप्रसाद भट्टराईले प्रवक्ताको समेत जिम्मेवारी दिनु भएको हो ।
१८ बर्ष अघि अधिकृत स्तरबाट आयोगमा प्रवेश गर्नु भएका पोखरेल दोलखा कालिञ्चोक गाँउपालिकाका स्थाई वासिनदा हुन् । पोखरेलले यस अघि राष्ट्रिय मानव अधिकार आयोगको धनगढी र पोखराको क्षेत्रीय प्रमुखको जिम्मेवारी समेत निर्वाह गर्नु भएको थियो । साहित्यमा विशेष रुचि राख्नुहुने पोखरेलको बिभिन्न पत्रपत्रिकाहरुमा मानव अधिकार लगायतका बिबिध विषयमा लेख रचनाहरु प्रकाशीत भै रहेका छन् ।
नागरिकलाई मानव अधिकारको अनुभूति हुने गरी काम गर्न मिडिया लगायत सबै सङ्ग समन्वय गरेर काम गर्नु पर्ने प्रवक्ता पोखरेलको धारणा छ । सोहि अनुसार आफुले भूमिका निर्वाह गर्ने पनि उहाँले बताउनु भयो ।

सम्बन्धित समाचार