मुख्य समाचारसमाचारस्वास्थ्य

सञ्चारकर्मी सहित दोलखामा थपिए ६ जना संक्रमित

Nurse wearing respirator mask holding a positive blood test result for the new rapidly spreading Coronavirus, originating in Wuhan, China

दोलखा/दोलखा जिल्लामा सोमवार ६ जना कोरोना संक्रमित थपिएका छन् । प्राथामीक स्वास्थ्य केन्द्र (प्रस्तावित चरिकोट अस्पताल) को ओपिडिमा स्वास्थ्य जाँचका लागि पुगेका विरामीहरु मध्य कोरोनाको लक्ष्यण देखिएका १३ जनाको स्वाव परिक्षणको लागि पठाईएकोमा ६ जनामा संक्रमण पुष्टि भएको भीमेश्वर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख श्याम खड्काले बताउनु भयो ।
गत असोज २८ र २९ गते स्वाव सङ्कलन गरी असोज ३० गते परिक्षणको लागि धुलिखेल प्रदेश प्रयोगशालामा पठाईएकोमा सोमवार (कार्तिक ३ गते) रिर्पोट आएको थियो ।
सोमवार संक्रमण पुष्टि भएकाहरुमा भीमेश्वर नगरपालिका वडा नम्बर १ र ४, गौरीशङ्कर गाँउपालिका, कालिञ्चोक गाँउपालिका र रामेछाप जिल्लाका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, सरकारी कर्मचारी, होटल व्यवसायी लगायत रहेका छन् । जसमा एक जना महिला र पाँच जना पुरुष रहेको भीमेश्वर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख खड्काले बताउनु भयो ।
दोलखा जिल्लामा अहिलेसम्म ६६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभुकुमार झाले बताउनु भयो । जसमा बैतेश्वर गाँउपालिकाको एक जना महिलाको मृत्यु भएको, १६ जना सक्रिय संक्रमित रहेको र ४९ जना निको भएर घर गएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख झाले बताउनु भयो ।
धेरै मानिसहरु शङ्कास्पद अवस्थामा स्वाव दिएर पनि बजार क्षेत्रमा खुला रुपमा हिडडुल गरिरहेको पाईएको र यसले कोरोना संक्रमण समुदाय स्तरमा फैलन सक्ने खतरा रहेकोले स्वाव दिएका मानिसहरु रिर्पोट नआउदासम्म बाहिर हिडडुल नगर्न स्वास्थ्य कार्यालय दोलखाका प्रमुख झाको आग्रह छ । अन्यथा बाध्य भएर संक्रमण ऐन २०२० अनुसार कार्वाहि प्रकृया थाल्नु पर्ने झा बताउनु हुन्छ ।
स्थानिय नागरिकहरु भने कोरोना संक्रमण दिनदिनै बढ्दै गएको भएपनि सार्वजनिक यातायात, बजार, बैङ्क तथा वित्तिय संस्थाहरुमा भिडभाड अनियन्त्रित बन्दै गएको तर स्थानिय प्रसाशनले रोकथामको कुनै पहल नगरेको गुनासो गर्छन् ।

सम्बन्धित समाचार